ghar sansar

२२ सटरका व्यवसायीसित लफडापछि बल्ल देखिए नगरपालिकामा मेयर, वादीका मागमा भएन चासो, मझगाउँ विमानस्थलबारे गरे छलफल

khasi

महेन्द्रनगर । वादी समुदायका महिलाका अर्धनग्न प्रदर्शनपछि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी नगरपालिका देखिएका छन् । मदनचोकका २२ सटरका व्यवसायीसित कार्यकक्ष लफडा भएपछि मेयर बोगटी केही दिनदेखि नगरपालिका आउन छाडेका थिए । त्यस अघि भने उनी दैनिक रुपमा कार्यालय आउने गरेको कर्मचारीहरुले बताउँछन् ।

होटेल ओपेरा नजिक डोजर लगाएर टहरा भत्काएपछि व्यवस्थापन माग गर्दै २६ दिनदेखि नगरपालिकामा धर्ना बस्दै आएका वादी समुदायका महिलाले आइतबार अर्धनग्न प्रदर्शन गरेका थिए । भीमदत्तको प्रवेशद्वारमा २५ दिनसम्म धर्ना बस्दा समेत वेवास्ता गरिएपछि उनीहरु अर्धनग्न प्रदर्शन गरेका हुन् । वादी समुदायको महिलाको अर्धनग्न प्रदर्शनपछि मेयर बोगटी सोमबार कार्यकक्षमा आएका हुन् ।

आइतबार भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्दोलित वादी समुदायका अगुवासित छलफल गरी मेयर उप मेयरसित कुरा गर्ने आश्वासन दिएका थिए ।

मेयर बोगटीले आइतबार कार्यकक्षमा मझगाँउ विमानस्थलको निर्माण तथा विस्तार कार्यमा देखिएका समस्या समाधानका लागि छलफल गरेका छन् ।

गृहमन्त्री रमेश लेखकले प्रतिवद्धता अनुसार बैशाख १ गते परीक्षण उडान गर्न नसकेपछि चौतर्फी आलोचित भएका छन् । गृहमन्त्री लेखक पक्षका मेयर बोगटीले सोमबार अचानक कार्यकक्षमा नेपाली सेना सहितका सरोकारवालाई बोलाएर छलफल गरे ।

छलफलमा विमानस्थल विस्तारमा अवरोध पु¥याइरहेका संरचनाहरू व्यवस्थापन, नेपाली सेनाका लागि अस्थायी पेरिमिटर फेन्सिङ निर्माण, सुरक्षित बसोबासको व्यवस्था, सेनालाई अस्थायी परेड ग्राउण्डको व्यवस्था, खानेपानी तथा सरसफाइ सुविधा जस्ता विषयमा महत्वपूर्ण निर्णय भएका छन् ।

dirghayi clinic

त्यस्तै, विमानस्थल क्षेत्रभित्रका जग्गा व्यवस्थापन तथा हाल नेपाली सेनाले प्रयोग गरिरहेको क्षेत्रलाई वैकल्पिक रूपमा व्यवस्थित गरी विमानस्थल विस्तार कार्यलाई तिव्रता दिने सहमति भएको नगर प्रमुख बोगटीले बताए ।

छलफलमा नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी कमल सिंह विष्ट, सेनानी रोशन पन्थ, तथा विमानस्थल आयोजनाका आयोजना प्रमुख युवराज रिजाल लगायत सहभागी भएका छन् ।

विमानस्थल सञ्चालनका लागि छलफल गरे पनि मेयर बोगटीले २६ दिनदेखि आन्दोलनरत वादी समुदायका माग सम्बन्धि चासो देखाएका छैनन् ।

मेयर बोगटीको निर्देशनमा चैत २१ गते भीमदत्तको नगर प्रहरीले डोजर लगाएर वर्षौदेखि बस्दै आएका वादी समुदायका टहरा भत्काएका थिए । नगर प्रहरीले टहराभित्र सरसमान समेत बाहिर ल्याउन नदिन टहरा भएको वादी समुदायका अगुवाले बताए ।

टहरा भत्काएपछि बिचल्लीमा परेका वादी समुदायले चैत २४ गतेदेखि नगर विकास समिति पीडित संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

मेयर बोगटीले अहिलेसम्म उनीहरुका माग सम्बन्धि छलफल गरेका छैनन् । आइतबार प्रमुख प्रशासकीय अधिकृतको छलफलमा मेयरको सचिवालयका चक्र महताले वादी समुदायलाई हटाइएको स्थानमा व्यवस्थापन गर्न नसकिने धारणा राखेका थिए ।

मेयर बोगटी नभएपछि प्रमुख प्रशासकीय अधिकृत बमसित उनीहरुको छलफल भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...