ghar sansar

मझगाउँ विमानस्थलमा फेरि यस्तो तमाशा

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ स्थित मझगाँउ विमानस्थल कालोपत्रे निर्माण सुरु भएको छ । चौतर्फी दबावपछि ठेकेदार कम्पनीले बुधवारदेखि निर्मँण कार्य सुरु गरेका हो । भीमदत्तका मेयर पदम बोगटीले भूमि पुजन गरी कालोपत्रे निर्माण सुरुवात गरेका छन् ।

औपचारिक कार्यक्रम गरी शिलान्यास गरी निर्माण सुरु गरिएको विमानस्थलको मेयर बोगटीले कालोपत्रेका लागि भूमि पूजन गरेपछि स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

ratnam malkhad

उनीहरुले शिलान्यास भएर सुरु गरिएको विमानस्थलको कालोपत्रेका लागि भूमि पूजन कार्यले मेयर बोगटी सस्तो लोकप्रियता खोज्न थालेको बताएका हुन् ।

गृहमन्त्री रमेश लेखकले बैशाख १ गते परीक्षण गर्ने प्रतिवद्धता पूरा गर्न नसकेपछि उनी चौतर्फी आलोचित छन् । त्यसपछि विमानस्थल निर्माणमा देखिएका समस्याका लागि छलफल गरेका मेयर बोगटीले बुधबार भूमि पूजन गरी कालोपत्रे सुरुवात गरेका छन् ।

विमानस्थल निर्माणका समस्या अझैसम्म यथावत छन् । ठेकेदार कम्पनीले १ एक हजार ५ सय २५ मिटरको धावन मार्ग बनाउने सहमति छ । त्यसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने २ सय २५ मिटर क्षेत्रमा विमानस्थल विस्तार कार्य अवरुद्ध छ । यस क्षेत्रमा रत्न वाटिका र सेनाको खेल मैदान लगायतका संरचना छन् ।

विमानस्थलको साविक एक हजार तीन सय मिटर धावन मार्गमा भने विवाद छैन । अहिले ठेकेदार कम्पनीले त्यही क्षेत्रमा कालोपत्रे सुरु गरेको हो ।

विमानस्थल निर्माण कम्पनीका ठेकेदार प्रतिनिधि सभा सदस्य छन् । साँसदको कम्पनीले सेनाको अवरोधलाई देखाएर साविक एक हजार तीन सय मिटर क्षेत्रमा पनि कालोपत्रे गर्न ढिलाई गरेको हो ।

केही समय अघि गृहमन्त्री रमेश लेखकले समेत संस्कृती, पर्यटन नागरिक उड्ययनमन्त्री बद्रि पाण्डेय, मन्त्रालयका सचिव, नेपाली सेनाका प्रमुख प्रधानसेनापती लगाएतसंग विमानस्थलको रनवेका लागि आवश्यक जग्गा प्राप्ती लगाएतका निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय छलफल गरेका थिए ।

गृहमन्त्रीको छलफलपछि २ सय २५ मिटर क्षेत्रको समस्या समाधान हुन सकेको छैन । गृहमन्त्रालयमा छलफलपछि समस्या समाधान नभएपछि गृहमन्त्री लेखक मौन बसेका छन् । गृहमन्त्री मौन बसेपछि भीमदत्तका मेयर बोगटी विमानस्थलमा सक्रियता देखाएका छन् ।

मेयर बोगटी गृहमन्त्री लेखक पक्षका हुन् । कञ्चनपुर काँग्रेसमा संस्थापन पक्षका लेखक र अर्का पूर्व मन्त्री एनपी साउँदका दुई समूह छन् । भीमदत्तका मेयर बोगटीले विमानस्थल निर्माण कार्यले तीव्रंता पाउने बताए ।

‘जनताहरुको लामो समयदेखिको सपना साकार पार्न विमानस्थल विस्तार अपरिहार्य छ । सबै सरोकार पक्षको सहकार्यले अब यो कार्य तिव्र गतिमा अघि बढ्छ र चाडै यहाँ परिक्षण उडान हुन्छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कार्य वाहक मुख्यमन्त्री एवम् आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा पनि सहभागी भएका छन् । उनले विमानस्थल सुदूरपश्चिमको विकासको लागि महत्वपूर्ण पूर्वाधार भएको बताए ।

‘तीन वटै तहको सरकारको सहकार्यमा निर्माण भइरहेको यस विमानस्थलमा आज कालोपत्रेको काम शुरु हुनु खुशीको कुरा हो ।’ उनले भने ‘निर्माण सम्पन्न भएपछि यहाँको आर्थिक, सामाजिक र पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’

संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत लागतमा विमानस्थल निर्माण भइरहेको छ ।

भूमी पुजन तथा कालोपत्रे कार्यको निरिक्षणमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहोरा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरु, उद्योग वाणिज्य, होटेल व्यवसायी संघ, पर्यटन व्यवसायीका प्रमुख एवम् प्रतिनिधि, विमानस्थल आयोजनाका आयोजना प्रमुख सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...