ghar sansar

सिडिओको स्वागत र एपसीको विदाई गर्दै कञ्चनपुर उद्योग बाणिज्य संघले गर्यो विभिन्न क्षेत्रलाई सहयोग हस्तान्तरण

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी लक्षण ढकाललाई स्वागत र प्रहरी उपरीक्षक चक्रराज जोशीको विदाई गरेको छ ।

बाणिज्य संघमा कार्यक्रम गरी मंगलबार उनीहरु दुबै जनाको स्वागत र विदाई एकसाथ गरिएको छ । संघका अध्यक्ष पिताम्वर जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ।

ratnam malkhad

संघले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको स्वागत र विदाई गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

कार्यक्रममा संघले १६ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवबाट संकलति रकमबाट विभिन्न क्षेत्रलाई सहयोग गरेको छ । महोत्सवमा बिक्री भएका टिकटका आधारमा ती क्षेत्रलाई सहयोग गरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन २ लाख ३२ हजार, नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई ६० हजार ७ सय, समाज कल्याण बाल अनाथालय ५१ हजार र राधाकृष्ण मन्दिर प्रबन्ध समिति २५ हजार सहयोग हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा ती सबैलाई सहयोग रकमको चेक प्रदान गरिएको भट्टले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...