
महाकाली पुलमा दाहाल लेखकबीच टकरावको संकेत, विपद् संकटग्रस्त घोषणाका लागि सिफारिश गर्ने लेखकको निर्णय

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९ र १० का बस्तीलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१ औं बैठकले महाकाली पहुँच मार्ग सहितका संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेका हुन् ।

गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको बैठकले गरेका अन्य निर्णय पनि सार्वजनिक भएका छन् । महाकाली नदीमा निर्माणाधिन पक्की पुलको पूर्वपट्टि भत्किएको गाइड बण्ड निर्माणलाई लिएर भौतिक पूर्वाधार तथा यातायामन्त्री देबेन्द्र दाहालको आलोचना खेपि रहेका बेला गृहमन्त्री लेखकले संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिश गर्ने निर्णय गराएका हुन् ।
केही महिना अघि मन्त्री दाहाल र लेखक दुबैले महाकाली नदीमा आएर भत्किएका गाइड बन्ध निरीक्षण गरेका थिए । बाढीले निर्माणाधिन गाइडबण्ड भत्किएपछि ठेकेदार कम्पनीको निर्माणमाथि प्रश्न उठेको छ । गाइडबण्ड भत्किएकोबारे ठेकेदार कम्पनीले अहिलेसम्म सार्वजनिक रुपमा धारणा दिएको छैन ।
कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विगतमा भएका मनसुनजन्य विपद्का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ ।
बैठकका क्रममा माननीय गृह मन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गरेका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पु¥याएको विशेष योगदानको उच्च कदर गर्दै उनकी धर्मपत्नि सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गरे ।
बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्को पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना) योजना (२०८१÷०८२–२०८३÷०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।
