ghar sansar

भीमदत्तको ट्रिपर र ह्यास ठोक्किएर ऐंठपुरमा नहरमा जोगियो दुई स्कुले बालकको ज्यान

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित महाकाली सिँचाई नहर किनारमा ह्यासले ट्रिपरलाई ठक्कर दिएर दुई स्कुल बालकको ज्यान जोगाएको छ । ट्रिपरलाई ठक्कर दिने ह्यासको अगाडिको भागमा क्षति पुगेको छ ।

शिव मन्दिरबाट सन्त निरंकारी मण्डलतिर आइ रहेको ह्यास गाडीले विपरित दिशामा शिव मन्दिर गइ रहेको भीमदत्त नगरपालिकाको म १ ग ८४ नम्बरको ट्रिपरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । ह्यासका चालकले साइकल चढेका स्कुले बालकलाई बचाउने क्रममा ट्रिपर ठोक्किएको प्रहरीलाई जानकारी गराएका छन् ।

ratnam malkhad

दुर्घटनापछि वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोली घट्नास्थल पुगेको छ । विहान १० बज्न अघि दुर्घटना भएको छ । दुर्घटना पछि भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्ट घट्नास्थल पुगेका छन् ।

भीमदत्तको ट्रिपर ग्राभेल बोकेर शिव मन्दिर जान लागेको थियो । दुर्घटनापछि दुबै सवारीलाई वडा प्रहरी कार्यालय ल्याइएको छ ।

Himal dental
सम्बन्धित
Loading...