ghar sansar

शुक्लाफाँटाले असैनामा बनाउँदैछ यस्तो नगर अस्पताल

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शैय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन अन्तिम चरणमा पुगेको हो ।

हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए ।

dirghayi clinic

अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते छ करोड २४ लाख ५८ हजार १०३ मा एमके निरज जेभीले ठेक्का लिएको थियो । भवन निर्माणका लागि थप गरिएको म्याद गत मङ्सिरमै सकिएको छ ।

निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ । अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रङ्गरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...