

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा संस्कृति, कला तथा पर्यटन पर्वद्वन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । प्रकृति सस्कृती सामुदायिक विकास समाजको आयोजना र भीमदत्तको आर्थिक सहयोगमा अभिमुखीकरण गरिएको हो ।

वैशाख २८ र २९ गते वडा नम्बर १५ कार्यालयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको प्रकृति सस्कृती सामुदायिक विकास समाजका अध्यक्ष महादेव भट्टले बताए । संस्कृतीको जगेर्ना गर्न कार्यक्रममा सहभागी महिलाहरुलाई आग्रह गरिएको छ ।
कार्यक्रममा बोल्दै उपमेयर निलम लेखक जोशीले कला संस्कृतीको जगेर्ना गर्दै सधै सत्य बोल्नुपर्नेमा जोड दिइन ।
सबैको भलो हुने गरि समाजिक कार्यमा खटिन उपमेयर जोशीले आग्रह गरिन ।
फरक प्रसङ्गमा बोल्दै उपमेयर जोशीले पालिकामा विपदमा परेका व्यक्ति, परिवारलाई नगरपालिकाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्द्ता समेत जनाईन ।
