ghar sansar

भारतीय तरकारीले दोधारा चाँदनीका किसान संकटमा, कुतियाकवरमा बारीमै कुहिने अवस्था

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कृतियाकबर क्षेत्रमा तरकारी खेती गर्ने किसानहरू बजार नपाएर चिन्तामा परेका छन् ।

भारतसँगको खुला सीमा र अत्यधिक मात्रामा आयातित तरकारीको कारण स्थानीय उत्पादन खेतमै थन्किन थालेको किसानहरूले बताएका छन् ।

,orning glory badhai

कृषक प्रेम रोकाया लगायत स्थानीय किसानहरूका अनुसार खेतमा दिनरात खटिएर उत्पादन गरिए पनि बजारमा भारतीय तरकारीले प्रतिस्पर्धा गर्नै नसक्ने स्थिति बनाइदिएको छ। उनीहरू भन्छन्, “हामीसँग उत्पादन छ, गुणस्तर पनि छ, तर बजार छैन ।”

सीमापारका किसानहरू पनि संकटमै यो समस्या एकातर्फी मात्र होइन । सीमावर्ती भारतका कृषकहरूले पनि उस्तै अवस्था भोगिरहेका छन् ।

dirghayi clinic

तरकारी उत्पादन प्रशस्त हुने तर बजार मूल्य अत्यन्तै न्यून हुँदा उनीहरू पनि घाटामा जान थालेका छन्। खुला सीमा र सस्तो मूल्यको प्रतिस्पर्धामा परेका दुबै देशका किसानहरूको मेहनत अमूल्य बन्दै गएको छ।
यसैबीच स्थानीयले सरकारलाई यस्तो अपिल गरेका छन् ।

कृषकहरूले सामाजिक सञ्जालमार्फत नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूलाई खेतबारीमा आएर अवलोकन गर्न आग्रह गरेका छन् ।

उनीहरूको भनाइमा, “जब खेतको अवस्था नजिकबाट हेर्ने जिम्मेवार व्यक्तिहरू आउँछन्, तबमात्र समस्याको समाधानको बाटो खुल्छ।”

समस्या समाधानका लागि किसानको सुझावः

– सीमाबाट अनियन्त्रित तरकारी आयातमा रोक लगाइनुहोस्।
– स्थानीय उत्पादनलाई बजारीकरण गर्न नगरस्तरीय पहल होस्।
– कृषकलाई प्रोत्साहन र संरक्षणका कार्यक्रमहरू ल्याइयोस्।
जय किसान, जय युवा भन्ने नारासहित किसानहरूले स्थानीय उत्पादनको कदर गर्न सरोकारवाला सबैको ध्यानाकर्षण गराएका छन्।

Himal dental
सम्बन्धित
Loading...