

महेन्द्रनगर । राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर समितिले दुई दिने ‘दिवा सेवा कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको दिवासेवा कार्यक्रम मंगलबार सम्पन्न गरीएको हो । कार्यक्रम भीमदत्त नगरपालिका वडा नंम्बर १८को राधाकृष्ण मन्दिर वरपिपलचोकमा गरिएको थियो ।
दुई दिने दिवासेवा कार्यक्रम अन्र्तगत ज्येष्ठ नागरिकका विचमा भलाकुसारी, भजनकृतन, धार्मिक प्रवचन र योगसम्बन्धी आधारभूत शिक्षा दिईएको राष्ट्रिय जेष्ठ नागरीक समाज नेपालक भीमदत्त नगर कार्यसमिति सचिव गोपाल सिंह खत्रीले बताए ।


समापन कार्यक्रमको सभापतित्व राष्ट्रिय जेष्ठ नागरकि समाज नेपाल भीमदत्त नगरकार्यसमिति अध्यक्ष डम्बर बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा नंम्बर १८का वडाध्यक्ष रविन्द्र देवकोटा थिए ।
कार्यक्रम सञ्चालन राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर कार्य समिति सचिव गोपाल सिंह खत्रीले गरेका थिए ।
भीमदत्त नगरपालिका सवै वडालाई लक्षित गरी ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सञ्चालन भईरहेको नगर कार्यसमिति सचिव खत्रीले बताए । उनका अनुसार जेठ १ र २ गते भम्केनीधाममा विहान ८देखि दिउँसो १२ बजेसम्म दिवासेवा कार्यक्रम गरिने भएको छ ।
