ghar sansar

कञ्चनपुर एमाले उप सचिवले गराए सुदूपश्चिमको सरकारको ध्यानाकर्षण

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुर उप सचिव एबम् बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्दले कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै स्थानीय सेवा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

माननीय मुख्यमन्त्री ज्यु,
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली
बिषय : – सुप प्रदेश कर्मचारी आन्दोलन बारे ध्यानाकर्षण 
नेपालको संविधानको धारा २८३(३) ले स्थानीय सेवाको गठन सञ्चालन तथा सेवा सर्त सम्बन्धी व्यवस्था प्रदेश कानून बमोजिम हुने कुरा उल्लेख गरेको छ। नेपालको संविधानको अनुसूची-६ मा प्रदेशको अधिकार सूचीमा “प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा” समावेश गरिएको छ। यसले प्रदेश सरकारलाई स्थानीय सेवा ऐन निर्माण गर्ने संवैधानिक जिम्मेवारी दिएको छ ।
नेपालमा संविधान जारी भएको एक दशक पुगेको छ । संविधान नै कार्यान्वयनमा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन अझै सरकारले जारी गर्न सकेको छैन् । प्रशासनिक संक्रमणकालको अन्त्यका लागि तत्काल ऐन जारीसँगै तीन वटै तहका सरकारले कर्मचारीको मर्म र भावना समेटिनुपर्ने साथै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुका बिचमा हाल कायम रहेका अन्यौलताहरुको अन्त्य गर्न र कर्मचारीले उच्च मनोबलका साथ सेवा प्रवाह गर्नेगरी ऐन जारी हुनुपर्छ’।‘कर्मचारी समायोजन ऐन २०७५ को मर्म भावना र उद्देश्यको आधारमा समायोजन भई प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवाको सुरक्षा तथा वृत्तिविकास सुनिश्चित हुने गरि ऎन जारी गर्नुपर्दछ।’
तीन वटै तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई निजामती सेवाको परिभाषा भित्र समेट्न ऐनमा व्यवस्था गर्नु पर्छ।अन्तर स्थानीय तह र अन्तर प्रदेश सरुवा हुने प्रावधान स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने गरि ऎन तत्काल जारी गर्नुपर्छ।  स्थानीय सेवा ऐन निर्माण र कार्यान्वयन गर्नु प्रदेश सरकारको संवैधानिक, राजनीतिक र नैतिक दायित्व हो। सुदुर पश्चिम प्रदेश बाहेक ६ वटा प्रदेशले स्थानीय सेवा ऎन जारी गरि लागु गरिसकेको अवस्थामा सुदुर पश्चिम प्रदेशले स्थानीय निजामती सेवा ऎन अझै पनि जारी गरि नसक्नु गम्भीर समिक्षाको बिषय भएको छ। ऐनको अभावले कर्मचारीको भूमिकालाई अन्योलमा पारेको छ। सेवा प्रवाहमा अस्थिरता ल्याएको छ।प्रदेश सरकारले तत्काल स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदुर पश्चिम प्रदेश अन्तर्गत स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिले २०८२ बैशाख २६ गते देखि आन्दोलन गरि रहेका छन। कर्मचारीले आइतबारदेखि कार्यालयमा तालाबन्दी धर्ना लगाएतका कार्यक्रम गर्दै आएका छन् ।
यस आन्दोलनले सुप प्रदेशका सबै जिल्लामा असर परेको छ । सबै ८८ स्थानीय तह पालिकामा अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । आज देखि आन्दोलन थप ससक्त हुने कुरा उल्लेख छ।त्यस्ले गर्दा नागरिकले सेवा पाउने कुरा जटिल बन्दै गएको छ।
dirghayi clinic
आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा चलिरहेको आन्दोलनले स्थानीय विकास निर्माणका काममा समस्या उत्पन्न भइरहेको त्यसैले कर्मचारीहरुको आन्दोलन उनिहरुको निजि व्यक्तिगत स्वार्थ नभई संघीय शासन प्रणालीलाई मजवुत बनाउनको लागि पनि हो भन्ने बुझ्न आवस्यक छ।
नागरिकले पाउनुपर्ने सेवा प्रवाहलाई बन्द गरी सडक आन्दोलनमा होमिएका जनसेवक कर्मचारीहरुको सशक्त, सुरक्षित र सम्मानीत भूमिकालाई यताशिघ्र सम्बोधन गर्न माननीय मुख्यमन्त्री ज्युको ध्यानाकर्षण गराउन चाहन्छु।
अशोक कुमार चन्द
निवर्तमान मेयर
बेदकोट नगरपालिका कंचनपुर
एवं
नेपाल नगरपालिका संघ पुर्व केन्द्रिय सचिवालय सदस्य ।
तथा
नेकपा (एमाले ) जिल्ला कमिटी कंचनपुर
स्थानीय बिकास बिभाग
प्रमुख
मिति २०८२ जेठ १ गते।
Himal dental
सम्बन्धित
Loading...