


महेन्द्रनगर । छिमेकीको मलामी जाँदै गरेका सशस्त्रका हवलदारको दुर्घटनामा परी मृत्यु भएको छ। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जादै गर्दा दुर्घटनामा मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका–९ ब्रहमदेवस्तिथ सडकमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको मृत्यु भएको छ। ट्याक्टरबाट खसेर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । राना सशस्त्र प्रहरीबाट सेवा निवृत्त हवल्दार हुन् ।
