ghar sansar

पत्रकार भण्डारी विरुद्ध फैसलामा छलफल गरी अघि बढ्न पत्रकार महासंघलाई सुझाव

khasi

महेन्द्रनगर । पत्रकारिता क्षेत्रका अगुवाले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जत मुद्दामा कैद सजाय हुने गरी जिल्ला अदालत कञ्चनपुरले फैसलामा कानुन व्यवसायीसित छलफल गरी अघि बढ्नु नेपाल पत्रकार महासंघ कञ्चनपुुरलाई सुझाव दिएका छन् ।

पत्रकार महासंघले शुक्रबार दिउँसो सालघारीस्थित कार्यालयमा महासंघ बैठकमा अगुवा पत्रकार सहित बैठक गरी भण्डारी विरुद्ध आएको फैसला सम्बन्धि सुझाव लिएको छ ।

Anant bahu travels

बैठकमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा, महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष माधव सिह धामी, प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिह, पत्रकार महासंघका सल्लाहकार राजेन्द्र अवस्थी लगायत पत्रकार सहभागी भए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष धामीले पत्रकार भण्डारी विरुद्ध आएको फैसलामा कानुन व्यवसायीसित छलफल गरी अघि बढ्नु पर्ने बताए ।

‘समाचार लेखेको भरमा त्यस्तो फैसला आएको हो भने त्यसैलाई हेरी अघि बढ्नु पर्छ, यो मुद्दाको प्रकृति हेरी महासंघले अघि बढ्नु पर्छ’ उनले भने,‘यसमा महासंघले कानुन व्यवसायीसित छलफल के गर्ने भनेर अघि बढ्नु पर्ने छ ।’

dirghayi clinic

महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष थापाले पत्रकारले आफ्नो जीवनमा विभिन्न प्रकृतिका मुद्दा खेप्नु पर्ने अवस्था भएको उल्लेख गर्दै फैसलाको विषयमा छलफल गरी अघि बढनु पर्नेमा जोड दिए ।

प्रेस युनियन कञ्चनपुरका अध्यक्ष सिहले समाचार लेखेकै कारण पत्रकारलाई जे सजाय हुने अवस्था दुःखद भएको बताए ।

महासंघ अध्यक्ष सुरेश सिह धामीको अध्यक्षतामा बैठक बस्यो । बैठकमा महासंघका पदाधिकारी, सदस्य लगायत अग्रज पत्रकार सहभागी भए ।

महासंघ कञ्चनपुुरका सचिव कुन्दन राज पाण्डेयले अदालतको फैसला आएपछि आफूहरुले पत्रकार भण्डारीसित कुरा गरी जानकारी लिएको बताए ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार किरण विष्टले भण्डारी विरुद्ध दायर गाली बेइज्जत मुद्दामा एक महिना कैद, १० हजार जरिवना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

भीमदत्त नगरपालिका २ उल्टखामकी निर्मला पन्तको घट्नामा पत्रकार भण्डारीले निरन्तर समाचार सम्प्रेषण गरेका थिए । त्यसपछि उनी विरुद्ध गाली बेइज्जत मुद्दा दायर भएको हो । २०७५ मा पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

पत्रकार भण्डारीले अदालतको फैसलाको सम्मान गर्र्दै आफू पुनरावेदन जाने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...