ghar sansar

भारतबाट घर फर्किन लागेका वनगाउँका नविन चन्द आनन्द विहारबाट वेपत्ता

khasi

महेन्द्रनगर । कञ्चनपुरका एक पुरुष भारतबाट बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका– ५ घरभएका अन्दाजी ३० वर्षीय नविन चन्द दुई सातादेखि भारतको दिल्लीबाट बेपत्ता भएका हुन् ।

dirghayi clinic

भारतको हरियाणामा काम गर्दे आएका चन्द गत वैशाख २२ गते महेन्द्रनगका लागि हिँडेका थिए । दिल्ली आनन्द बिहार वस पार्कबाट चन्द वेपत्ता भएको उनका परिवारिका व्यक्तिले जनाएका छन् ।

चन्दका ज्वाई प्रेम बहादुर चन्दका अनुसार, मे ५ तारिकको दिन दिउँसो ३ बजे उनिसँग अन्तिम पटक फोन सम्पर्क भएको थियो । त्यसयता भने फोन सम्पर्क हुन सकेको छैन् ।

चन्दको खोजिका लागी आनन्द बिहार प्रहरी थानामा अनुरोध गरिएको छ । देख्नु हुने व्यक्तिले नेपालका लागि सम्पर्क (ह्वाट्स एप) नम्बर ९८६५२८०५०३ र भारतका लागी मोबाइल नम्बर ७३०६५६१४९१ फोन अथवा ह्वाट्स एपमा सम्पर्क गरि दिन हुन अनुरोध गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...