ghar sansar

नेविसंघले बैजनाथ माविमा कलौनीको स्मृतिमा अक्षय कोष स्थापना गर्दै, दुई लाख हस्तान्तरण

khasi

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले दिवंगत पूर्व सह महामन्त्री अच्युतराज कलौनीको स्मृतिमा बैजनाथ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दुई लाख हस्तान्तरण गरेको छ ।

dirghayi clinic

बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष कलौनीको गत माघमा निधन भएको थियो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार उक्त दुई लाख रुपैयाँको बैंक चेक अच्युतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका छन्।

कलौनी भीमदत्त नगर काँग्रेसको नगर सभापति पनि थिए । ‘उहाँको निधनको ९ औँ पुन्यतिथिका अवसरमा आयोजित शोक सभामा नेविसंघ केन्द्रीय समितिका तर्फबाट उहाँ अध्यक्ष रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने,‘सोहीअनुसार बुबाको हातमा आज रकमको चेक हस्तान्तरण गरेका छौँ।’

Himal dental
सम्बन्धित
Loading...