

महेन्द्रनगर । कबर्डहलस्थित भलिबल प्रशिक्षण केन्द्रमा ८ औं राष्ट्रिय भलिबल दिवस मनाइएको छ । कार्यक्रममा केक काटेर भलिबल दिवसको शुभकामना आदानप्रदान गरिएको छ ।

कचनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा भलिबलका खेलाडी, प्रशिक्षक लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।
संघले बर्सेनी भलिबल दिवस मनाउँदै आएको छ ।
