ghar sansar

सिडिओ नेतृत्वको सुरक्षा समितिले भन्यो– डिएफओ ठाकुरमाथि कालोमोसो दलिएको घट्ना सुनियोजित

khasi

महेन्द्रनगर । प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेतृत्वको जिल्ला सुरक्षा समितिले विज्ञप्ति सार्वजनिक गरी डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ वन अधिकृत राम विचारी ठाकुरमाथि सुनियोजित रुपमा कालोमोसो दलिएको जनाएको छ ।

dirghayi clinic

समितिले विज्ञप्ति मार्फत नागरिक कर्तव्य र दायित्व, वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको समेत ख्याल राख्न अनुरोध गरिएको छ ।

नेकपा बहुमतले कालोमासो दलिएको घट्नाको जिम्मेवारी लिएको छ । बहुमतले ठाकुरमाथि विभिन्न सात आरोप लगाउँदै कालोमोसो दलिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...