ghar sansar

बैतडीको पञ्चेश्वरमा निःशुल्क आँखा शल्यक्रिया शिविर, एक सय ३३ को शल्यक्रिया

khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए।

dirghayi clinic

यसअघि जेठ ६ गते गाउँपालिका–५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतिबिन्दुको समस्या देखिएकोमा उनीहरूको कुलाउमै शल्यक्रिया गरिएको उनले बताए। शिविरमा छ सय ६२ जनाको आँखाको जाँच गरेर औषधि तथा दुई सय ६५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको सार्कीले जानकारी दिए ।

नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले विभिन्न निकायसँगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा अधिकांश ज्येष्ठ नागरिकले सेवा लिएका गाउँपालिका उपाध्यक्ष विना भट्टले बताए ।

गाउँमै गुमेको आँखाको ज्योति फर्किएपछि स्थानीय खुसी भएका छन् । “आँखाको ज्योति गुमेपछि घरमै थन्किएकी थिए । शिविर मार्फत गाउँघरमै गुमेको ज्योति फर्किएपछि निकै खुसी लागेको छ”, स्थानीय जयमति चन्दले भने ।

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

Himal dental
सम्बन्धित
Loading...