

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले महेन्द्रनगरस्थित नेशनल प्याथ ल्याब उद्घाटन गरेका छन् ।
ल्याब उद्घाटनपछि उनले ल्याबको प्रशंसा गरे । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजी क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जानुपर्ने बाध्यताको केहि हदसम्म भएता पनि अन्त्य हुनेछ ।’


कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी पनि सहभागी भएका छन् । उनले सरकारी स्तरबाट गर्न नसकिएको कार्य निजि क्षेत्रले गरेकोमा खुसि व्यक्त गर्दै भनिन्, ‘सरकारी क्षेत्रबाट गर्न नसकिने कार्य निजी क्षेत्रले गरेको यसमा हामी खुसी छौ,’ उनले भनिन् ‘अगामी दिनमा सहकार्य गरौला ।
भीमदत्तबासीका लागि मात्रै नभई पुरै कञ्चनपुरबासीका लागि खुसिको कुरा हो नेशनल प्याथले राम्रो गुणस्तरीय सेवा प्रवाह गर्नेछ । बाहिर जानुपर्ने बाध्यत्मक अवस्था हट्ने आशा लिएकी छु ।’
दुई कारोड लगानीमा ल्याब स्थापना गरिएको सञ्चालको दाबी छ । ल्याब सञ्चालक संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याव सेवा प्रदान गर्नका लागि महेन्द्रनगरमा प्रयोगशाला सथापना गरीएको र परीक्षणका लागि डिजिटल प्रविधिद्धारा घरबाटै नमुना संकलन गर्न सकिने र विरामी वा आफन्तले अनलाईनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।
यस अघि तत्कालिन सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले महेन्द्रनगर आएर एक सिलाई पसल उद्घाटन गरेका थिए ।
