

महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित उद्योग बाणिज्य संघको सभा कक्षमा संगठनको १३ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्ष विष्टले १ सय ३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी भुवनेश्वरी रावलले ३४ मत ल्याएकी छन् ।
अध्यक्षका आकाँक्षबीच सहमति हुन नसकेपछि निर्वाचन भएको हो । शुक्रबार अधिवेशन उद्घाटन गरिएको थियो । विष्ट यस अघि संगठनको सचिव थिए ।
संगठनको उपाध्यक्षमा चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया, सचिव धनञ्जय जोशी, कोषाध्यक्ष छविराज पाण्डेय, सह सचिव गीता रेग्मी र सह कोषाध्यक्ष नर्मदा जोशी निर्विरोध निर्वाचित भएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले अधिवेशन उद्घाटन गरेका थिए । संगठनका निवर्तमान अध्यक्ष बेद उपाध्यक्षले कार्यक्रमको अध्यक्षतामा गरेका थिए । कर्णाली प्रदेशका पूर्व प्रमुख प्रमुख गोबिन्द कलौनी कार्यक्रममा विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम राना, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द लगायत सहभागी थिए ।



