ghar sansar

१४ वर्षिया किशोरीमाथि बलात्कार आरोपमा डोटीका ६१ वर्षिय वृद्ध गड्डाचौकीबाट पक्राउ

khasi

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। डोटीको दीपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली सोमवार किशोरी करणीको आरोपमा पक्राउ परेका हुन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय डोटीले कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ ।

घटना पुरानो भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन । प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...