ghar sansar

भीमदत्तमा भूमि आयोगको काम यति सुस्त, बल्ल भयो जग्गा नाप जाँच सुरु

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ नम्बर वडामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले वडाको दक्षिण भूगोल जिरो प्वाईन्ट हात्तीसारबाट ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए ।

‘हामीलाई मेयर साप पदम बोगटीले भूमिको कामकाज बढाउन दिएको निर्देशन अनुरुप मैले आफ्नो वडामा यस अघि विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न शुरु गराएको छु, ‘उनले भने, ‘पहिला अव्यवस्थित बसोबासीको जमिन नाप्छु, त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमबासीका लागि जमिन खोज्छु ।’

भीनपा १३का वडा सचिव हर्क बहादुर धामीले यस अघि भूमिहिन दलित तर्फ १३, सुकुम्बासी ३ र अव्यवस्थित बसोबासी तर्फ ३ सय १८ जनाले फाराम भरेको बताए ।

dirghayi clinic

वडा सचिव धामीले नाप जाँचको कामकाज शुरुवात भएसगै जग्गाधनी प्रमाण पत्र वितरणका लागि आयोग मार्फत अघि बढ्ने बताए ।

भीमदत्तका सबै १९ वडामा भीमदत्त नगरपालिकाले सबै वडाहरुमा जमिन नापजाँच हुने जनाएको छ ।

हात्तिसार गाँउदेखि शुरुवात गरिएको नापजाँचसंगै भीनपा १३का भूमिहिन जनता जमिनकोे मालिक बन्न पाउने आशामा रहेका छन ।

भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल नाप जाँच उद्घाटनमा सहभागी भएका छन् । कार्यक्रममा आयोगका बिज्ञ सदस्य टेक बहादुर साह, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक गोवर्धन कोली, लगायतका सहभागी भए ।

जग्गाको मालिक बन्ने आशामा २–३ पुस्ता गुमाई सकेका (२०२० साल देखिको वस्ती) भुमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेर बस्नुभएका जनतालाई असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरिने लक्ष्य रहेको भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...