

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
भीनपा १२ नम्बर वडा कार्यालयले बुधबार बाल विकासका विद्यार्थीलाई झोला वितरण गरेको छ ।

विद्यालयमा कार्यक्रम गरी झोला वितरण गरिएको छ । भीनपा १२ का वडा अध्यक्ष भुपेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण सिह क्षेत्री, विद्यालयका प्रधानाध्यापक धनीदत्त पन्त लगायत शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सहभागी भए । वडा अध्यक्ष रावल लगायतले विद्यार्थीहरुलाई झोला वितरण गरे ।
वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार झोला वितरण गरिएको वडा अध्यक्ष रावलले बताए ।
