ghar sansar

मुक्ति समाजले मनायो जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस

khasi

महेन्द्रनगर । मुक्ति समाज नेपाल कञ्चनपुरले १९ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८२ मनाएको छ ।

एमाले पार्टी कार्यालयमा बुधबार एमाले प्रदेश कमिटी उप सचीव एवं मुक्ति समाज नेपाल निवर्तमान केन्द्रिय लेखा आयोग अध्यक्ष कमरेड नरबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा मुक्ति समाज केन्द्रिय स्थायी कमिटी सदस्य कृष्ण सुनार विशिष्ठ अतिथि थिए । समाजका केन्द्रिय सदस्य एवं एमाले प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी बिश्वकर्मा , पार्टी प्रदेश कमिटी सचिवालय सदस्य महेश पन्त , मुक्ति समाज केन्द्रिय सदस्य रमेश सिंह तिरुवा , पार्टी जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लबराज भट्ट , उप सचीव अशोक कुमार चन्द , दिलबहादुर सुनार , रामचन्द्र रेग्मी , हिरा लुहार , नन्दसिङ सुनार , सरिता नेपाली , फुल परी , किशोर आग्री , लक्स्मन सुनार , नरबहादुर सुनार , मदन एसके , माया ओड लगायत कार्यक्रममा सहभागी भएका ।

dirghayi clinic

समाजका जिल्ला कार्य वाहक अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन सुनकेश नेपालीले गरिन् ।

ुटिकाराम सार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्लाभर समाज आवद्ध सदस्य सहभागी भए ।

कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले समाजमा कलङ्कको रुपमा रहेको जातिय विभेदलाई समाप्त गर्न बनेका ऐन कानुन , संविधान कार्यान्वयन हुनु पर्ने र सबैले आ –आफ्नो ठाउँबाट विभेद अन्त्य गर्न हातेमालो गर्नु पर्ने बताए ।

‘कानुनमा व्यवस्था भए पनि व्यवहारमा लागु हुन नसक्दा अझैसम्म यो अमानवीय व्यवहार हँुदै आएको छ’ उनले भने, दलित समुदाय उत्थान र विकास का लागि सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरण हुनु जरुरी छ ।’

Himal dental
सम्बन्धित
Loading...