

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा शिक्षक क्षमता विकास तालिम सुरु भएको छ । विद्यालयले आयोजना गरेको तालिम आइतबारसम्म सञ्चालन हुने प्रधानाध्यापक नवराज पन्तले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बहादुर सिहले तालिम उद्घाटन गरे । अध्यक्षको सिहंको प्रमुख आतिथ्यमा तालिम उद्घाटन कार्यक्रम गरियो । विद्यालयका प्रधानाध्यापक पन्तले उद्घाटन कार्यक्रमको अध्यक्षता गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक थिरेन्द्र भट्ट लगायत सहभागी कार्यक्रम सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सदस्य बीर सिह धामीले गरेका थिए ।

तालिममा ३३ जना शिक्षक सहभागी भएका छन् । शुक्रबार पहिलो दिन दुर्गा माध्यमिक विद्यालय जनकवस्तीका प्रधानाध्यापक बीर सिह कार्कीले सहजीकरण गरे ।
बैजनाथ मावि जडेपानी संघ सरकारको नमूना घोषित विद्यालय हो । विद्यालयमा प्राविधिक धारका कक्षाहरु सञ्चालन हुुँदै आएका छन् ।
