

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले जेठ १७ गते नगरपालिका क्षेत्रमा पहिलो पटक वडा स्तरीय बाल क्लब गठन गरेको थियो । २१ सदस्यीय क्लबको अध्यक्षमा भावेश ओझा र सचिवमा कृतिका भट्ट छन् । उनीहरु दुबै कक्षा १० मा अध्ययनरत छन् ।
वडा कार्यालयले शुक्रबार बाल क्लबका पदाधिकारी र सदस्यहरुका लागि बाल, अधिकार, नेतृत्व विकास र लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले लागु लागु औषध दुव्र्यसन, शिक्षक एबम् प्रेरक वक्ता सुरेन्द्र राज ओझा नेतृत्व विकास र भीमदत्त नगरपालिकाका कानुन अधिकृत बिरेन्द्र बहादुर सिहले बाल अधिकार सम्बन्धि प्रस्तुति राखे ।
प्रहरी उपरीक्षक खत्रीले लागु औषध दुव्र्यसन सम्बन्धि सबैभन्दा पहिले प्रस्तुति राखे । लागु औषध, यसको परिभाषादेखि कञ्चनपुरमा लागु औषध दुव्र्यसन नियन्त्रणका लागि गरिएका कार्यसम्म प्रस्तुत गरे ।
प्रहरी उपरीक्षक खत्रीले लागु औषध नियन्त्रणका लागि विद्यालय अभियानलाई निरन्तरता दिएका छन् । उनी विद्यालयमा पुगेर विद्यार्थीहरुलाई लागु औषध नियन्त्रणका सम्बन्धि जानकारी दिँदै आएका छन् ।
प्रहरी उपरीक्षक खत्रीपछि शिक्षक ओझाले नेतृत्व सम्बन्धि जानकारी दिए । नेतृत्वको परिभाषा, त्यसका प्रकार, गुण लगायत आफ्नो जीवनको भोगाई ओझाले सुनाए ।
ओझाले आफ्नो प्रस्तुतिपछि सहभागीहरुलाई दुई समूहमा विभाजन गरे । दुबै समूहलाई दुई प्रस्तुतिका विषय वस्तु दिए । त्यसमा एक समूहलाई लागु औषध दुव्र्यसन नियन्त्रण र अर्को समूहलाई नेतृत्व विकास ।
दुबै समूहका सदस्यहरुले एक छिन आपशमा छलफल गरे । त्यसपछि दुबै समूहले टोली नेता छानेर आफ्नो प्रस्तुति गर्न लगाए ।

एउटा समूहबाट अध्यक्ष भावेश ओझा र अर्को समूहबाट सचिव कृतिका भट्टले प्रस्तुत गरिन् । कृतिका महेन्द्रनगर माध्यमिक विद्यालय र भावेश ग्लोबल एकेडेमीका विद्यार्थी हुन् ।
कृतिकाले नेतृत्व विकास र ओझाले लागु औषध दुव्र्यसन सम्बन्धि आफ्नो प्रस्तुति राखे ।
उनीहरु दुबैलाई शिक्षक ओझाले धन्यवाद दिए । त्यसपछि भीमदत्तका कानुन अधिकृत सिहले बाल अधिकार सम्बन्धि प्रस्तुति दिए ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले बाल बालिकालाई लागु औषध दुव्र्यसन लगायतका गलत कार्य विरुद्ध जनचेतना फैलाउने लगायत कार्यका लागि क्लब गठन गरिएको बताए ।
तालिम दिएर बाल क्लबलाई दक्ष बनाएर परिचालन गर्ने लक्ष्य राखेर कार्यक्रम थालिएको उनको भनाई छ ।
‘अहिले लागु औषध दुव्र्यसन बढ्दो छ, गरीबी र अशिक्षाको कारणले बढेको छ, हाम्रो वडामा गरीब, सुकुम्बासी, मजदुरको बसोबास छ, अभिभावकहरुलाई पनि आफना छोराछोरी प्रति चासो छैन’ उनले भने,‘त्यस कारण बाल बालिकालाई त्यस विरुद्ध बोल्ने लागि दक्ष बनाउन तालिम गरिएको छ, यसपछि वहाँहरुलाई गाउँ टोलमा परिचालन गर्छाै ।’
कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्यहरु पदम बहादुर चन्द, हेम बस्नेत, वडा सचिव दिनेशराज भट्ट लगायतका सहभागी भए ।
बाल क्लबमा भीमदत्त १८ नम्बर वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी सदस्य छन् । १८ नम्बर वडामा ६ सामुदायिक र १३ संस्थागत गरी १९ विद्यालय छन् ।
वडा कार्यालयमा भेला गरी बाल क्लब गठन गरिएको थियो । भीमदत्त नगरपालिकाको बाल अधिकार संरक्षण तथा संवद्र्धन कार्य सञ्चालन कार्यविधि २०७५ का आधारमा बाल क्लब गठन गरिएको हो ।
