ghar sansar

साँसद तामाङ्गको निर्वाचन क्षेत्रमा ३७ करोड बढी बजेट

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकमा आगामी आर्थिक वर्षका लागि ३७ करोड बढी बजेट आएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद तारालामा तामाङ्गको गृहनगर पुर्नवास क्षेत्रमा भने आगामी आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयमार्फत अत्याधिक बजेट विनियोजन गरिएको छ ।

सडक, सडक राजमार्ग स्तरोन्नति, थारुहरुको कचहरी घर निर्माण लगायत शिर्षकमा आगामी आवका लागी क्षेत्र नम्बर एकमा ३७ करोड ५७ लाख बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागी सबैभन्दा बढी चान्देव बजार–लालझाडी सडक स्तरोन्नति कार्यका लागि १६ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, पुर्नवास क्षेत्र जोड्ने विभिन्न सडक खण्डका लागी १२ करोड बढी रकम विनियोजन गरिएको छ । सांसद तामाङ्गको गृह जिल्ला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्थित पुर्नवास क्षेत्रमा आगामी वर्षमा सडक निर्माण र स्तरोन्नतिका लागी भन्दै १२ करोड बढी रकम छुट्याएको छ ।

dirghayi clinic

पुर्नवास नगरपालिकाको वडा नम्बर १,२, ३ र ४ को गणेश बस्ती अम्रैया, दशरथ बस्ती चोक कञ्चन बजार गोर्खा आधारभुत विद्यालय, दुर्गा मावि हुदै आनन्द बजार गोविन्द पार्क मोहन चोक दुर्गा मावि हुनै तिमिल्सेना चोक सम्म एकीकृत शहरी पूर्वाधार विकाश कार्यक्रम अन्र्तगत तीन करोड रकम विनियोजन गरिएको छ ।

यस्तै, बेलडाँडी झिलमिला, बेलौरी छोटी भन्सार, पुनर्वास आनन्दबजार ककड मोतिया फाटा धनसिह हुदै बिचफाटा जिरो प्वाइन्ट सम्मको सडक स्तरोन्तिका लागी भन्दै तीन करोड विनियोजन गरिएको छ ।

बेलौरी पुर्नवास भकुण्डा, दोदा पुल, कन्ज देखि लालझाँडी गाउँपालिका हुँदै पर्सिया डागाजाई हुँदै भुली सम्मको सडक निर्माण गर्न तीन करोड रकम विनियोजन गरिएको छ । यस्तै , दोदा नदी पुल देखि कम्पनी डाडा उदरी सम्म (लोकताजन्त्रक सडक) पुनर्वास,नगरपालिका अन्र्तगत सडक निर्माणका लागी तीन करोड रकम विनियोजन गरिएको छ ।

यस्तै, चान्देव अन्डैया हुदै हुलाकी सडक रतनपुर सम्म र बेलौरी हुलाकी सडक सडक रतनपुर आदर्शटोल कमरीपुल हुँदै पिपल चौतारा(बाग), कालिका मन्दिर , पानी टंकी हुँदै बैबाह बेलडाँडी गाउपालिका सम्म सडक निर्माणका लागी तीन करोड विनियोजन गरिएको छ ।

यसै गरि बेलौरीको वडा नम्बर ७ भित्री चक्रपथ, टडीया वरविपल चौतारा हुलाकी सडकदेखि वडा कार्यालय हुँदै बेलौरी कलुवापुर राजमार्ग सम्म सडक स्तरोन्नति कार्य गर्न एक करोड विनियोजन गरिएको छ । सांसद तामाङ्गले भने पुरै बजेटको सिलिङ आइनसकेको बताएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...