ghar sansar

बाढीले भत्काएका सबै कल्भर्ट बनाउँदै दोधारा चाँदनी ८ नम्बर वडा, चर्तिमा कल्भर्ट र खत्रीमा कजवे बन्यो, गिरी टोलमा बन्दै कल्भर्ट

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडाको गिरी टोलको बाटोमै पर्छ जननज्योति माध्यमिक विद्यालयका शिक्षक बाँसुदेब कँडेलको घर । शिक्षक कँडेलको घरसंगै जोडिएको बाटोमा कल्भर्ट थियो । गत वर्ष असारमा बाढीले कल्भर्ट भत्कायो । त्यसपछि स्थानीय आवतजावतमा हैरानी खेप्न बाध्य भए ।

शिक्षक कँडेल भन्छन्,‘कल्भर्ट भत्किएपछि निकै समस्या भयो, यो छेउछाउबाट आउजाउ ग¥यौ, साइकल मोटरसाइकल चढेर यता उता गर्न सकिने भएन, अहिले त बन्दैछ, अब सजिलो हुन्छ ।’

western public academy

कल्भर्ट निर्माण हुन थालेपछि कँडेल बाटोमा आवतवाजत गर्न सजिलो हुने बताए । अहिले भत्किएको कल्भर्ट निर्माण भई रहेको छ । कल्भर्ट ढलान गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडा कार्यालयले कल्भर्ट निर्माण गरि रहेको छ ।

वडा अध्यक्ष ओम प्रकाश रोकायाका अनुसार गत वर्ष असारमा आएको बाढीले वडाभित्र भत्किएका कल्भर्ट पहिलो प्राथमिकता राखेर निर्माण गर्न थालिएका छन् । 

 गिरी टोलमा कल्भर्ट निर्माणाधिन छ, चर्ति टोलमा कल्भर्ट र खत्री टोलमा कजवे निर्माण भएर सञ्चालनमा आएका छन् ।

वडा अध्यक्ष रोकायाले कल्भर्ट भत्किएपछि स्थानीयलाई पैदल हिँड्नु पर्ने बाध्यता आएपछि कल्भर्ट निर्माणलाई प्राथमिकता दिइएको बताए ।

‘गत वर्ष असारमा आएको बाढीले कल्भर्ट भत्काई दियो, त्यसपछि स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँमा जानै समस्या भयो, एक हिसाबले सवारी बन्द गर्नु पर्ने थियो’ उनले भने,‘पैदल हिँडनु पर्ने बाध्यता थियो, त्यसैले यसलाई प्राथमिकता दियौ ।’

कल्भर्ट भत्किएपछि चर्ति टोल र ९ नम्बर वडाबीच आवातजात बन्द हुने अवस्था आएको वडा अध्यक्ष रोकायाले बताए ।

dirhayu

चर्ति टोल ९ नम्बर वडासित सीमा जोडिएको छ । ‘यहाँ मोटरसाइकल साइकल वारी पारी नै राख्नु पर्ने बाध्यता थियो’ उनले भने ।

दोधारा चाँदनी ८ का वडा सदस्य भरत नेपालीले कल्भर्ट निर्माण भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको बताए ।

‘कल्भर्ट बनेपछि सजिलो भयो, वडा अध्यक्षज्यूले यसमा विशेष ध्यान दिनु भएको थियो’ वडा सदस्य नेपालीले भने ।

वडा कार्यालयको बजेटबाट कल्भर्ट निर्माण गरिएका छन् । वडा कार्यालयका अनुसार खत्री टोलको कजवे बनाउन ५लाख खर्च भएको छ । यसैगरी चर्ति टोल ९ लाख र गिरी टोलमा ३ लाख ५० हजार कल्भर्ट बनाउन खर्च लागेको छ ।

जनज्योति माध्यमिक विद्यालयका शिक्षक कँडेलले वडा कार्यालयले जन अपेक्षा अनुसार विकास निर्माण कार्य गरि रहेको बताए ।

‘वडाको बजेट अनुसार काम भई रहेको छ, यो कल्भर्ट निर्माण कार्य पनि हामी जनताको निकै महत्वपूर्ण काम हो’ उनले भने ।

स्थानीय समाजसेवी रमेश वस्नेतले वडा कार्यालयले कल्भर्ट, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको बताए ।

वडा अध्यक्ष रोकाया २०७९ को निर्वाचनबाट दोस्रो पटक वडा अध्यक्ष निर्वाचित भएका हुन् । एमालेका युवा नेता रोकाया २०७४ मा पहिलो वडा अध्यक्ष निर्वाचित भएका थिए ।

वडा अध्यक्ष रोकायाले सार्की टोल बाहेक सबै टोल बाहेक अन्य सबै टोलमा नयाँ बाटो खोलेर ग्राभेलिङ्ग गरिएको बताए ।

चार सय ५० घरधुरी भएको वडामा १९ टोल छन् । जनज्योति माध्यमिक विद्यालय हुँदै जाने वडाको मुख्य सडक सहित केही सडक कालोपत्रे गरिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...