ghar sansar

दैजी–जोगबुडा सडक : २० प्रतिशत काम, ८६ प्रतिशत भुक्तानी

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । गत बैशाख ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ ।

सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ ।

western public academy

२०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

प्रत्येक बर्ष अलिअलि काम गरेजसो गर्दै भ्यालुसन गराउदै करौडौ रकम निकासा गराउने काम बाहेक सडक निर्माण कार्यमा कुनै पनि प्रगति भएको देखिदैन ।

हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएता पनि निर्माण कार्य प्रगति शुन्य रहेको छ । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार गत बर्ष यही २०८२ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको हो ।

डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो ।

तर यस सडकको अभिभावकत्व गर्ने जनप्रतिनिधिको पनि अभाव खड्केको देखिन्छ । भित्रीमधेषबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले सडक निर्माण कार्यलाई कडाईका साथ गराउनु पर्ने भएता पनि त्यस जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य खगराज भट्ट र तार जोशी कुन दुलोमा लुकेर बसेका छन् जनतालाई अत्तोपत्तो छैन ।

भौतिक पुर्वाधार विकास कार्यालय कञ्चनपुर भने यसपालि ठेक्का सम्झौता तोड्ने मोडमा पुगेको छ । हुन त कार्यालयले अघिल्लो बर्ष नै सम्झौता रद्ध गर्ने योजना बनाएता पनि नेताहरुकै दवावमा म्याद थप गर्रीएको एक कर्मचारीले बताए ।
‘कार्यालय दुईतिन बर्षअघि नै ठेक्का सम्झौता तोड्ने मनसाय भए पनि विभिन्न राजनीतिक दलका नेताहरुको आडमा अहिलेसम्म सम्झौता रद्ध गर्न सकिएन ।’

उनले भने ‘यस वर्ष भने कार्यलयले ठेक्का सम्झौता तोड्नका लागि सात दिने सूचना निकालेको र उक्त समयसिमा भित्र निर्माण कम्पनी सम्पर्कमा आएन् सायद दवाव नआए सम्झौता रद्ध हुन्छ होला ।’

यस सडकमा पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले सडक निर्माणका लागि ठेक्का प्रक्रियाका लागि बजेटको व्यवस्था गर्ने बाहेक त्यहाबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले सडकको अभिभावकत्व ननिभाएको गुनासो स्थानीयको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भएपनि भौगोलिक विकताका कारण सडक निर्माण सम्पन्न हुन नसकेको बताए ।

अघिल्लो बर्ष सुदूरका पहाडि जिल्ला जोड्ने एक मात्र अत्तरीया–डडेल्धुरा सडक खण्ठको भासुभिरमा अवरुद्ध हुदा यो सडक खुलाउने चर्चा चलेको थियो तर खासै कुरा उठ्न सकेनन् ।

Himal dental
सम्बन्धित
Loading...