

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित शारदा विद्यापिठमा बेधशाला निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले बेदशाला बनाउन बजेट विनियोजन गरेको छ ।
शारदा विद्यापिठ सुदूरपश्चिममा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्यापस हो । शिवधाम क्षेत्रस्थित क्याम्पसको परीक्षा भवन निर्माणका लागि बजेट विनियोजन भएको छ ।

शारदा विद्यापिठका क्याम्पस प्रमुख हरिलाल जोशीले संस्कृत र संस्कृतिको संरक्षण, संवर्धन तथा ज्योतिष शास्त्र अन्तर्गतका खगोल र भूगोलको अन्वेषण गर्न बेधशालाको निर्माणले महत्व पूर्ण भूमिका निर्वाह गर्नेृ बताए ।
क्याम्पस प्रमुख जोशीले बजेट विनियोजन गरिएपछि सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिह थापालाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाज्यू लगायत प्रदेश सरकारलाई विशेष धन्यवाद । सुदूरपश्चिम प्रदेशको एकमात्र संस्कृत विद्यापिठ (क्याम्पस) नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्यापस ‘शारदा विद्यापीठमा’ नेपालकै एकमात्र आधुनिक नमुना ’बेधशाला’ निर्माण तथा परीक्षा भवन निर्माणका लागि बजेट विनियोजन गरी संस्कृत र संस्कृतिको संरक्षण, संम्वर्धन तथा ज्योतिष शास्त्र अन्तर्गतको खगोल र भूगोलको अन्वेषण गर्न बेधशालाको निर्माणले महत्व पूर्ण भूमिका निर्वाह गर्नेछ ।’
अर्थमन्त्री थापाले असार १ गते आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ३३ अर्बको बजेट पेश गरेका छन् । अर्थमन्त्री थापा भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् ।
