ghar sansar

यो बाटो बनाउन हारगुहार गर्दै लोक सेवा

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । लोक सेवा आयोग महेन्द्रनगर कार्यालयका प्रमुख बाबु कृष्ण ढकालले शुक्रबार दिउँसो भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई फोन गरे ।

प्रमुख प्रशासकीय अधिकृत बमलाई कार्यालय प्रमुख ढकालले फेरि पुरानै कुरा सम्झाए । प्रमुख प्रशासकीय अधिकृत बमले आफू कार्यक्रममा भएको र पछि कुरा गर्ने ढकाललाई जानकारी दिए ।

western public academy

‘मैले आज पनि फोन गरे, वहाँ कार्यक्रममा हुनु हुँदो रहेछ, आज पनि फोनमा त्यहीं कुरा हो बाटो मर्मतको, हुन त यो कुरा वहाँलाई नि थाह छ’ कार्यालय प्रमुख ढकालले भने ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम लोक सेवा आयोगका पूर्व कर्मचारी हुन् । उनी लोक सेवा आयोगको महेन्द्रनगर कार्यालयमा नायब सुब्बा भएर काम गरेका थिए ।

लोक सेवाका पूर्व कर्मचारी भएकाले कार्यालय अगाडिको बाटो मर्मत हुने आशमा ढकाल प्रमुख प्रशासकीय अधिकृत बमसित आग्रह गरि रहन्छन् ।

‘वहाँ यसै कार्यालयको पूर्व कर्मचारी हो, अहिले स्थानीय सरकारको प्रमुख हुनु हुन्छ, वहाँले यसमा सहयोग गर्न हुन्छ भनेर वहाँसित भन्दै आएका छौ’ कार्यालय प्रमुख ढकालले भने ।

कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै पूर्वतिर जिल्ला सरकारी वकिल कार्यालयसम्मको बाटोमा हिँडडुल गर्न अप्ठेरो भएपछि लोक सेवा आयोगले भीमदत्त नगरपालिका सहित अन्य सरकारी निकायलाई मर्मतका लागि गुहार्दै आएको हो ।

आधा दर्जन बढी सरकारी कार्यालयले प्रयोग गर्ने बाटो वर्षौ अघि कालोपत्रे गरिएको थियो । कालोपत्रे टुटफुट भएपछि बाटोमा छरपष्ट गिट्टी र बालुवाले आवागमन अप्ठेरो बनाएको हो ।

लोक सेवा आयोग कार्यालय यहीं बाटोलाई मर्मत सम्भार गराउन केही वर्षदेखि अन्य सरकारी निकाय धाउन थालेको हो ।

‘यो बाटो मर्मत होस भनेर कार्यालय अन्य निकायसित सहयोग मागि रहेको छ, हालसम्म कही कतैबाट सहयोग हुन सकेको छैन’ कार्यालय प्रमुख ढकालले भने ।

आयोगका कार्यालयका कम्युटर अपरेटर अनिल चन्दले बाटोका कारण ज्यान जान सक्ने चिन्ता बढेको बताए ।

‘यो बाटो भएर प्रहरीका गाडीहरु दैनिक रुपमा चलि रहेका हुन्छ, कुनै दिन ती गाडीका कारण ढुङ्गा उछिट्टिएर चोट पटक लागेर ज्यान पनि जान सक्छ’ उनले भने,‘गाडी मोटरसाइकल चलाउन निकै अप्ठेरो छ ।’

जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिलको कार्यालय आउजाउ गर्न प्रहरीले यहीं बाटो प्रयोग गर्दै आएको छ ।

लोक सेवा कार्यालय बाहेक यस बाटोमा जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय, राष्ट्रिय अनुसन्धान र जल स्रोत सिँचाई विकास डिभिजन यहीं बाटो प्रयोग गर्छन् ।

यो बाटो मालपोत तथा भूमि सुधार कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग र महाकाली औषाधलय जान पनि प्रयोग हुने गरेको छ ।

बाटो प्रयोगकर्तामध्ये लोक सेवा आयोग कार्यालयलाई सबैभन्दा बढी पीडा छ । बर्खा याममा बाटोमा पानी भरिएर बाढी कार्यालभित्रै पस्ने गरेको छ । गत वर्ष बाढीले कार्यालयभित्र पसेर कम्प्यटुर, कागजात, कार्पेट लगायतका समानमा क्षति पुगेको थियो ।

कार्यालयभित्र पस्ने बाढी रोक्न र सहज आवागमनका लागि नाली सहित बाटो मर्मत गरिनु पर्ने आवश्यकता भएको कार्यालय प्रमुख ढकालले बताए ।

कार्यालय प्रमुख ढकाल सहित सबै कर्मचारीको कार्यकक्ष कार्यालयको तल्लो तलामा छन् । गत वर्ष कार्यकक्षमा बाढी पसेपछि उनले कार्यकक्षमा जान सकेनन् । पानी निकास भएपछि मात्रै उनी कार्यकक्ष गएका थिए ।

कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय हुँदै धनगढीको स्थानीय पूर्वाधार आयोजनासम्म पुगि सकेका छन् ।

‘म आफैं पनि भेट्न गएको छु, कार्यालयबाट कति पटक हो कति पटक हो पहल भएको छ, चिठी लिएर गएको छु, चिठी पठाएका छौ’ कार्यालय प्रमुख ढकालले भने,‘हामीले केही गर्न सकेनौ, बाटो मर्मत गर्न सकिएको छैन ।’

लोक सेवा कार्यालयले कार्यालयमा जाने उच्च सरकारी अधिकारीसित बाटो मर्मतका लागि नबिराई आग्रह गर्र्दै आएको छ ।

कार्यालयले कञ्चनपुरका यस अघिका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई पनि बाटो मर्मतका लागि आग्रह गरेका थिए ।

सापकोटाले बाटो मर्मतमा सहयोग गर्ने आश्वासन दिएको कार्यालयका कर्मचारीले बताए । उनले मर्मतका लागि अन्य सरकारी निकायसित कुराकानी समेत गरेका थिए ।

सापकोटापछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण ढकाल आएका छन् । कार्यालय प्रमुख ढकाललाई बाटो मर्मत सम्बन्धि कुराकानी गर्न नसकिएको कार्यालय बताउँछ ।

प्रमुख जिल्ला अधिकारी ढकाल २०६६ मा तत्कालिन कञ्चनपुर जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी भएका थिए ।

पूर्वाधार विकास कार्यालयको जवाफले लोक सेवा आयोग कार्यालयको चित्त सबैभन्दा बढी दुखेको छ ।

पूर्वाधार विकास कार्यालयले बाटो प्रदेश मातहत पर्ने नभएकाले मर्मत गर्न नसकिने जवाफ दिएको थियो । त्यसपछि कार्यालय प्रमुख ढकाल संघ सरकार मातहतको स्थानीय पूर्वाधार आयोजना कार्यालय धनगढी पुगेका हुन् ।

धनगढी पुगेर पनि सफलता हात नलागेका उनले भने,‘हामी पो संघ सरकार मातहत हो, बाटो त सबैले हिँडने हो, पूर्वाधार विकास कार्यालयले संघको बाटो भएकाले बनाउन सक्दैनौ भन्यो ।’

कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि आफैं चिठी बोकेर पूर्वाधार विकास कार्यालय पुगेका थिए ।

पूर्वाधार विकास कार्यालयमा योगेन्द्र अधिकारी कार्यालय प्रमुख छन् । पूर्वाधार विकास कार्यालय प्रदेश सरकारको सबैभन्दा बढी बजेट भएको कार्यालय मानिन्छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम आफैंले बाटो निरीक्षण गरेको कार्यालयका कर्मचारीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत बमले बाटो निर्माणका लागि सहयोग गर्न सक्ने आश कार्यालयलाई छ ।

‘वहाँसित आश छ, त्यहीं भएर वहाँ प्रमुख प्रशासकीय अधिकृत बमलाई पटक पटक सम्झि रहेका छौ’ लोक आयोग कार्यालयका प्रमुख ढकालले भने ।

 

Himal dental
सम्बन्धित
Loading...