ghar sansar

राजनीतिः सेवा कि कमाइ खाने भाँडो ?

little buddha academy
khasi

ईश्वरी प्रसाद खरेल

नेपालमा राजनीति लामो समय देखि सामाजिक परिवर्तन र जनहितको मुख्य माध्यमको रूपमा हेरिएको छ। मुलुकको प्रत्येक परिवर्तनको जग राजनीतिक आन्दोलनले नै तयार ग¥यो!राणाशासनको अन्त्यदेखि आजको गणतन्त्र स्थापनासम्म। तर अहिले राजनीति प्रति आमजनमा फैलिएको वितृष्णा, अपमानजनक टिप्पणी र अविश्वासले गम्भीर चिन्ताको विषय उठाएको छ !

,orning glory badhai

के राजनीति अब सेवाभन्दा बढी कमाइको साधन बनिसके को हो त ?  राजनीतिमा नैतिकता र आदर्श हराएको हो त ?
राजनीतिको मूल आत्मा भनेको जनताप्रतिको उत्तरदायित्व र सेवाको भावना हो। तर वर्तमान सन्दर्भमा राजनीतिमा प्रवेश गर्नेको प्रमुख उद्देश्य ’सत्ता प्राप्ति’, ’स्रोतसाधनको पहुँच’, र ’आर्थिक फाइदा’ बन्न थालेको छ।
नेताहरूमा देखिने ‘क्रेन लगाएर तान्ने प्रवृत्ति’ केवल भाषिक शैली मात्र होइन, सत्ताको वरिपरि निर्मित भ्रष्ट संरचनाको प्रतीक बनेको छ। यस्तो प्रवृत्तिले इमानदार र निष्ठावान कार्यकर्ताहरूलाई प्रणालीबाट ओझेलमा पारेको छ।

विगतमा जनआन्दोलनमा योगदान गर्ने कार्यकर्ता आज राजनीतिक पार्टीको आन्तरिक वृत्तमा ‘हेरेरै बस्नुपर्ने’ अवस्थामा छन्। नेताको वरिपरि जम्मा हुने, ‘जि हजुरिया गर्ने समूह’ नीति निर्माणमा प्रभावशाली बन्ने र समाजमा अपाच्य गतिविधि गर्दा पनि संरक्षण पाउने अवस्था छ। यसले न केवल राजनीति प्रति घृणा बढाउँछ, कार्यकर्तामा नै राजनीतिक वितृष्णा पैदा गरेको छ ।

धेरै नेताहरू अब राजनीतिको माध्यमबाट व्यावसायिक लाभ खोज्न थालेका छन्। तलब, सुविधा, भत्ता, सरकारी पद, ठेक्का–यिनै कुराले राजनीतिको चरित्र परिवर्तन गरिरहेको छ। यस्तो अवस्थामा ईमानदार नेता समाजले ‘असफल व्यक्ति’का रूपमा व्याख्या गर्न थालेको छ ।

dirghayi clinic

साथै, कतिपय नेताहरूको “राजनीतिमा जोगी हुन आएको होइन” भन्ने अभिव्यक्ति न केवल राजनीतिक मूल्यको उपहास हो, त्यो राजनीति सेवा होइन भन्ने स्वघोषणा पनि हो।
आज केही कथित नेताहरूले सहयोग संकलनको नाममा त्तच् कोडमार्फत रकम उठाउने प्रवृत्ति बढाएका छन्। व्यवसायी, ठेकेदार, उद्योगी तथा सरकारी कर्मचारीहरूसँग ‘नेताले सहयोग माग्नुभएको हो’ भन्ने भ्रम पारेर पैसा असुल्ने गरिएको गुनासो अत्र–तत्र सुनिन्छ ।

यो भौतिक घुस होइन, डिजिटल घुस हो—प्रमाण नछोड्ने तर बदनाम गराउने शैली ।
त्यस्ता त्तच् कोडहरू व्यक्तिगत खातामा लिंक गरिएका हुन्छन्, जसबाट पैसाको ट्रेस गर्न गाह्रो हुन्छ । स्थानीय सरकारको डिजल पेट्रोलमा पनि नेताहरुले हालीमुहाली गर्नु कति न्याय संगत हो त्यस्तो कार्यको मौन समर्थन गरिरहने कस्ता पार्टी हुन ?

यस्तो व्यवहार केवल व्यक्तिगत स्वार्थ होइन, पार्टी, नेतृत्व र सम्पूर्ण राजनीति प्रतिको जनविश्वासमाथि गम्भीर आघात हो । यिनैका कारणले आज गणतन्त्र को बदनाम भएको छ !
आज एक ईमानदार कार्यकर्ता अथवा ‘कमाइ नगरेको नेता’लाई हेय दृष्टिले हेर्ने प्रवृत्ति समाजमा देखिन्छ। यसले राजनीति मात्र होइन, समाजिक चेतनामा नै संकट ल्याउँछ । किनकि यदि राजनीति बदनाम भयो भने लोकतन्त्र कमजोर हुन्छ, र जब लोकतन्त्र कमजोर हुन्छ, तब जनताले आवाज उठाउने आधार गुमाउँछन् ।

राजनीतिको यो विकृति शुद्ध पार्न अरुले होइन राजनैतिक पार्टीहरुनै सक्षम छ्न भन्ने आभास जनताले महसुस गर्ने गरि
राजनीतिक पार्टीहरू भित्रैबाट शुद्धिकरणको अभियान सुरु गर्नुपर्छ !
ईमानदार कार्यकर्ताको मूल्यांकन र योगदानको आधारमा नेतृत्व सिर्जना गर्ने लगायत का कार्य अगाडि सार्नु पर्छ !
राजनैतिक पार्टीका हरेक क्रियाकलाप जनताले सुक्ष्म ढंगले मनन गरिरहेका छन !

राजनीति एक पवित्र कर्म हो—यदि यसलाई सेवा ठानिन्छ भने। तर जब यसलाई केवल कमाइ खाने भाँडो बनाइन्छ, तब यसले समाजमा भ्रष्ट मानसिकता फैलाउँछ, अस्थिरता बढाउँछ र लोकतन्त्रको जग हल्लाउँछ ।
अझ पनि राजनीति सुध्रन सक्छ, यदि नेतृत्वले आत्ममन्थन गर्न सक्छ । हिजो राजनीति परिवर्तनको हतियार थियो,
आज त्यो परिवर्तन फेरि राजनीतिको भित्रैबाट सुरु हुन आवश्यक छ ।

(लेखक एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य हुन् ।)

 

Himal dental
सम्बन्धित
Loading...