

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिको नव निर्वाचित कार्य समितिको आइतबार शपथ ग्रहण गरी पदस्थापन गरिएको छ ।
समितिको १७ औं कार्य समिति निर्वाचनबाट शनिबार डम्बर राज पन्तको अध्यक्षतामा कार्य समिति निर्वाचित भएको थियो ।

नव निर्वाचित कार्य समितिका अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई आइतबार समितिको कार्यालयमा कार्यक्रम गरी शपथ ग्रहण गराइएको छ ।
निर्वाचन समितिका निर्वाचन अधिकृत हरिश थापाले समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाए ।
शपथ ग्रहणपछि निवर्तमान समितिले नव निर्वाचित समितिलाई पदभार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समितिका नव निर्वाचित अध्यक्ष पन्तले आफूले यातायात व्यवसायी र मजदुरको हकहितका लागि सधैं सक्रिय भएर लाग्ने बताए ।
समितिका कार्यालय प्रमुख मदन सिह क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन सहायक अधिकृत सञ्जिव चन्द्र भट्टले निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्षका प्रतिद्वन्द्वी नविन भट्ट लगायत व्यवसायी सहभागी भएका छन् ।
यस अघि २०७४ मा समितिको १६ औै निर्वाचन भएको थियो । समितिको उपकार कोष उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । महासचिवमा गणेश बहादुर विष्ट निर्वाचित भए ।
ेसमिति सदस्यमा अम्बादत्त अवस्थी, दिपक केसी, देबेन्द्र बहादुर भण्डारी, मोहनदेब जोशी, र सुरेन्द्र सिह भण्डारी निर्वाचित भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी, प्रशासन उपाध्यक्षमा देब बहादुर बम, प्रशासन सचिवमा हिक्मत बहादुर कुँबर र उपकार सचिवमा पुस्करराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।

