ghar sansar

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब बढीको बजेट

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्ष ०८२÷०८२का लागि एक अर्ब एक करोड बजेट आएको छ ।

आन्तरिक स्रोततर्फ ८ करोड, वित्तीय समानिकरण संघीयतर्फ १५ करोड १९लाख, वित्तिय समानिकरण प्रदेशतर्फ एक करोड, ४९लाख १३ हजार, राजस्व संघीयतर्फ १५ करोड ३० लाख ९३ हजार, राजस्व बाडफाँड प्रदेशतर्फ ४७ लाख, २१ हजार, सामाजिक सुरक्षातर्फ २५ करोड, सशर्त अनुदानतर्फ एक करोड ९६लाख ५५ हजार, समपुरक संघीय अनुदान ८३ लाख, समपुरक प्रदेशतर्फ २ करोड १०लाख, विशेष अनुदान संघीयतर्फ चार करोड ५५लाख र विशेष अनुदान प्रदेशतर्फ एक करोड ९६लाख ५५ हजार गरी एक अर्ब एक करोड ११ लाख ८२ हजार चार सय ५१रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

dirghayi clinic

मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृति कार्यक्रम संचालन गरिनेछ । साथै कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, २ र ५ वडा मोहना चोकमा कोल्ड स्टोर स्थापना, कृष्णपुर नगर पालिकाका स्थायी बासिन्दा ओलम्पियन दिपक विष्टलाई सद्भावना दुत बनाइएको छ ।

७ नम्बर वडामा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेश स्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिने, नगर पालिका मा ३ वटा रङ्शाला ठेक्का प्रकृया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन र दिवा तथा रात्रीकालिन छात्रावासको सचालन, १५शैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाइने, दमकल खरिद, शव बहानको व्यवस्था गरिनेछ ।

 चालु शैक्षिक सत्र ०८२देखि नगरका जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान अघि सारेको कृष्णपुरले सामुदायिक विद्यालयको थप सुधारका कार्यक्रम गर्ने जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...