ghar sansar

रेडियन्ट माविमा हिज्जे प्रतियोगिता

khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयले शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत हिज्जे प्रतियोगिता गरेको छ । प्रतियोगितमा विद्यालयको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले भाग लिएका छन् ।

dirghayi clinic

चार टीम सहभागी भएको सो प्रतियोगितामा प्रिती पन्त नेतृत्वको ब्लु हाउस प्रथम, सविता भण्डारीको एलो हाउस द्वित्तिय, समीक्षा भट्ट नेतृत्वको रेड हाउस तृतिय र आर्या चन्दको ग्रिन हाउस सान्तवना स्थान हासिल गरेका छन् ।

विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यार्थीहरुको नियमित पढाई सँगसँगै अतिरिक्त क्रियाकलाप मार्फत पढाईलाई थप प्रभावकारी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयका शिक्षक लोकेन्द्र भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

  14

Himal dental
सम्बन्धित
Loading...