ghar sansar

सुख्खा बन्दगरगाहको ठेक्का भएकाले छिटो निर्माण सुरु हुन्छ – गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण कार्य छिट्टै सुरु हुने बताएका छन् । दोधारा चाँदनी नगरपालिका १ स्थित सुख्खा बन्दरगाह निर्माण स्थल क्षेत्र निरीक्षणपछि गृहमन्त्री लेखकले सुख्खा बन्दरगाहको ठेक्का भएकाले छिटो निर्माण कार्य अघि बढ्ने बताएका हुन् ।

‘यो सुख्खा बन्दरगाह भारत सरकारको सहयोगमा बनाउन लागिएको छ , यसका लागि ठेक्का भई सकेको छ’ उनले भने,‘ठेक्का भई सकेकोले अब निर्माण कार्य छिटो हुन्छ ।’

दोधारा चाँदनीको सुख्खा बन्दरगाह सुदूरपश्चिमका लागि मात्रै नभएर देशको आर्थिक विकासमा सहयोगी हुने विश्वास गृहमन्त्री लेखकले व्यक्त गरे ।

कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्नका लागि सुख्खा बन्दरगाह, महाकाली नदीमा चार लेन पुल निर्माण लगायतका कार्य अघि बढेको उनको भनाई थियो ।

dirghayi clinic

उनी कञ्चनपुरका ठूला योजनाको स्थलगत निरीक्षण गरी काठमाडौं फर्र्किएका छन् । पुख्र्यौली जिल्ला बैतडीबाट शनिबार साँझ महेन्द्रनगर आएका गृहमन्त्री लेखकले आइतबार महाकाली नदीमा निर्माणधिन तटबन्ध, गाइडबण्ड, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र मझगाउँ विमानस्थल निरीक्षण गरे ।

गृहमन्त्री लेखकले महाकाली नदीको गाइडबण्ड निर्माणको निरीक्षण गर्दै सरकारले छिटो निर्णय लिएकाले यस पटक ठूलो क्षति हुनबाट जोगिएको बताए । गृहमन्त्री लेखकको पहलमा सरकारले एक महिना अघि विप्द जोखिम क्षेत्र घोषणा गरेपछि नेपाली सेनाले गाइडबण्ड निर्माण गरि रहेको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार सो क्षेत्र स्थलगत निरीग्ण गरे । त्यसपछि दोधारा चांदनीस्थित निर्माणाधीन सुख्खा बन्दरगाह र बिमानस्थलको पनि गृहमन्त्रीले निरीक्षण गरेका छन् ।

गृहमन्त्रीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, मधुदेबी भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारलिम्बु , प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल लगायत प्रशासनिक तथा सुरक्षा अधिकारी निरीक्षणमा सहभागी भएका छन् ।

निरीक्षण अघि गृहमन्त्री लेखकले होटेल ओपेरामा कार्यकर्ता सहित विभिन्न क्षेत्रका व्यक्तिसित भेटघाट गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...