ghar sansar

सिद्धनाथ मन्दिरमा साउन पहिलो साता अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति आयोजना

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित सिद्धनाथ मन्दिरमा अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गगारिक महाआरतिको आयोजना हुने भएको छ । सिद्धनाथ मन्दिर विकास समितिले हनुमान र नन्दीका मुर्तिको प्राण प्रतिष्ठा सहितका कार्यक्रमका लागि महाभारती आयोजना गर्न लागेको छ ।

समितिले सोमबार पत्रकार सम्मेलन गरी साउन १ देखि ७ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ । समितिका कार्य वाहक अध्यक्ष कैलाश भट्टले आरती आयोजनाको तयारी थालिएको बताए ।

dirghayi clinic

भक्तजनहरुको विशाल सहभागिताका साथ कलसश यात्रा गरी महाआरती सुरु हुनेछ । त्यसपछि दैनिक रुपमा विभिन्न धार्मिक प्रवचन, अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गगारिक महाआरतिको आयोजना गरिने समितिका कार्य वाहक महासचिव चन्द्रकान्त भट्टले बताए ।

कार्यक्रमलाई तयारी तथा व्यवस्थापनका लागि विभिन्न उप समिति गठन गरिएका छन् । पत्रकार सम्मेलनमा अतिथि सत्कार एवम् स्वागत समिति संयोजक शान्ति देवी ऐर, टेन्ट एबम् साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर, प्रचारप्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान्त भट्ट छन् ।

यसैगरी, पुजा व्यवस्थापन एवं यज्ञ व्यवस्थापन. संयोजक. शुरेश प्रकाश चटौत, अभिनन्दन एवं सम्मान कार्यक्रम संयोजक तेज बहादुर भण्डारी, कलश यात्रा व्यवस्थापन संयोजक नारु जोशी, ब्राह्मण एबम् नृत्यकर्म व्यवस्थापन संयोजक लोक राज भण्डारी, श्रद्वालु भक्तजन एवं जनसम्पर्क संयोजक होम बहादुर कुंवर छन् ।

Himal dental
सम्बन्धित
Loading...