

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ बाीणमा जङ्गली च्याउ खाँदा आमा छोरी बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउँ खाँदा देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो। उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ बोहराले बताए ।
