

महेन्द्रनगर । बेलौरीबाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका ७ पौलाहबाट कृष्णपुरका दुई सहित तीन जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा अर्का कैलालीकी किशोरी छन् ।
भारतबाट आएको से २ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुसित सुरक्षा जाँचका क्रममा खैरो हिरोइन भेटिएपछि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक कृष्णपुर ९ का २६ वर्षिय कृष्ण राना, पछाडि सवारी सोही ठाउँका २७ वर्षिय महेश राना र कैलालीको धनगढी उप महानगरपालिका ८ ८ धनगढी गाउँका १८ वर्षिय किशोरी छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुसित १ दशलमव ९१ ग्राम लागू औषध खैरो हेरोइन भेटिएको छ । प्रहरीले खैरो हिराइन बरामद गरेको छ ।
उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
