ghar sansar

अब भीमदत्तका तीन वडामा अधिकृत स्तरका सचिव

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन ल्याएपछि भीमदत्त नगरपालिकाका तीन वडा सहित कर्मचारी अधिकृत छैठौंमा बढुवा भएका छन् ।

भीमदत्त नगरपालिका १८ का वडा सचिव दिनेशराज भट्ट सहित ४ का पुष्पराज कलौनी र १२ का राधिका भट्ट अधिकृत छैठौ तहमा बढुवा भएको छ ।

सुदूरपश्चिम प्रदेश सभाबाट केही दिन अघि स्थानीय सेवा ऐन २०८२ पारित भएको थियो । ऐन अनुसार २०७६ पछि नियुक्ति सबै कर्मचारीको एक तह बढुवा भएको छ । यस अघि नायब सुब्बा तहका उनीहरु सबै अधिकृत छैठौं तहका भएका छन् ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बिहीबार उनीहरु सबैलाई अधिकृत छैठौं जिम्मेवारी प्रदान गरेका छन् ।

dirghayi clinic

भीमदत्तका यी वडामा अधिकृत स्तरका सचिव भएका छन् । भीमदत्त नगरपालिकामा ८ सय बढी कर्मचारी कार्यरत
छन् ।

निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष सहितले मुख्यमन्त्रीलाई दिए बधाई

सबैबीच स्थानीय सेवा ऐन २०८१ कार्यान्वयन हुन थालेपछि निजामती कर्मचारी संगठनका सुदूरपश्चिम अध्यक्ष महादेव जोशी सहितले मुख्यमन्त्री कमल बहादुर शाह सहितलाई भेटेर बधाई दिएका छन् ।

प्रदेश अध्यक्ष जोशी सहित संगठनका कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दले मुख्यमन्त्री शाह, सामाजिक बिकास मन्त्री मेघराज खड्का, विधान तथा प्रदेश समितिका सभापति दिवान सिह बिष्टलाई भेटघाट गरी धन्यवाद दिएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...