ghar sansar

सुप विश्वविद्यालयमा अनुसन्धान इकाई स्थापना, पूर्व मुख्यमन्त्री रावलले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसको शिक्षाशास्त्र विभाग अन्तर्गत स्थापना गरिएको अनुसन्धान व्यवस्थापन इकाई कार्यालयको उद्घाटन गरेका छन् ।

गुरु पूर्णिमाको अवसर पारी बिहीबार सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त इकाइको बिहीबार उद्घाटन गरिएको छ ।

,orning glory badhai

शिक्षा संकायको आइसीटी सहितको अनुसन्धान कक्षको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री रावलले इकाइको स्थापना पछि यसले परम्परागत शिक्षण पद्धतिलाई नवपवर्तनकारी शैक्षिक प्रणालीसँग जोड्न पुलको काम गर्ने बताए । ‘निःसन्देह, यो स्थानीय अपेक्षाहरुलाई भूमण्डलीकृत, दूरदृष्टिहरुसँग जोड्ने यत्न हो,” उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाकाल देखिनै जोडिएको र यसको निर्माण र विकासको आफू एउटा सारथी भएको उनले बताए ।

‘यहाँको शैक्षिक उत्पादन विश्व बजारमा प्रतिस्पर्धी, क्षमतायुक्त र नवपवर्तनकारी बन्न सकोस् भन्ने ध्येयका साथ यस प्रदेशकै थिंक ट्यांक जन्माउने यस विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन र अनुसन्धानमुलक र योग्यतम जनशक्ति निर्माण हेतु रिर्सच सेललाई आइसीटी संसाधनले युक्त बनाउन मैले चालु आवमा बजेटका लागि पहल गरेको थिए,” उनको भनाई थियो ।

dirghayi clinic

यसले प्राविधिक उन्नयनमा मात्र जोड् नदिई भविष्य उन्मुख शैक्षिक ज्ञानको जग बसाल्ने कार्य गर्ने विश्वास पूर्व मुख्यमन्त्री रावलले लिए ।

सूचना तथा संचार प्रविधिको संयोजन बिनाको शिक्षा आजको युगमा अपूर्ण हुनसक्ने उनले बताए । ‘सूचना प्रविधिको अर्थ कम्प्युटर र इन्टरनेटको प्रयोग मात्र नभई यसको उपयोग अध्ययन, अध्यापन र अनुसन्धान प्रकियामा सहयोग पुर्याउने आवश्यक टुलको रुपमा गर्न जरुरी छ,” उनले भने ।

प्रदेश सरकारले उच्च शिक्षालाई सहयोग गर्ने नीति अन्तरगत गत आ.व.मा व्यबस्थापन संकायसँग पनि यस्तै सहकार्य गरी आइसीटी ल्याब स्थापना गरिएको थियो ।

उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले आगामी वर्ष पनि विश्वविद्यालय स्तरकै रिसर्च सेन्टरका लागि प्रदेश सरकारले बजेटको ब्यवस्था गरेको जानकारी दिए । यसले आगामी दिनहरुमा नीति तथा तथ्य अनुसन्धानको अन्तरसम्बद्धतालाई सुदृढ गर्न थप मद्धत गर्ने उनको भनाई छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता शिक्षाशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख अर्जुन सिंह नेगीले गरे । प्रमुख नेगीले सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाको सहयोगमा अनुसन्धान इकाई स्थापना गरिएको जानकारी दिए ।

उक्त रकमबाट स्मार्ट बोर्ड, ल्यापटप, ब्रान्डेट कम्प्युटर, क्यामेरा स्टेण्ड, कूर्सी, टेबल लगायत सामाग्री खरिद गरिएको उनले बताए ।

यस्तै आइसीटी ल्याब स्थापनाका लागि बजेट बिनियोजनमा महत्वपूर्ण सहयोग गरेको भन्दै शिक्षाशास्त्र केन्द्रीय विभागले पूर्व मूख्यमन्त्री रावललाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरेको छ ।

विभागीय प्रमुख नेगी, केन्द्रीय क्याम्पसका सहप्राध्यापक उद्धबदेव भट्टले दोसल्ला ओढाएर मुख्यमन्त्री रावललाई सम्मान गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...