

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित रेडियन्ट माध्यमिक विद्यालयका विद्यार्थीहरुले गुरु पुजा तथा सम्मान कार्यक्रम गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टिका र खादा लगाएर सम्मान गरी मिठाई, फलफूल लगायतका उपहारहरु तथा मायाको चिनो दिएका हुन् ।
गुरु पूर्णिमाकै अवसरका विद्यार्थीहरुले नृत्य प्रदर्शन गर्नुका साथै शिक्षकहरुलाई बिभिन्न खेल समेत खेलाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यार्थीहरुको उज्जवल भविष्य निर्माणमा गुरुहरुको महत्वपूर्ण भूमिका रहने र विद्यार्थीहरुको सफल जीवननै असली गुरु दक्षिणा हुने हुँदा गुरुहरुले दिएको शिक्षा तथा ज्ञानलाई सदैव आत्मसात गरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।


उनले एक दिन मात्रै गुरुलाई सम्मान नगरी जीवनमा सत्मार्गको बाटो देखाउने सबै गुरुहरुलाई सम्मान गर्नुपर्ने समेत बताइन् । विष्टले गुरुहरु भनेको जीवन जिउन सिकाउने पथप्रदर्शक भएकोले सबैले गुरुको आज्ञापालन गर्नु पर्नेमा जोड दिइन् ।
विद्यालयका नेपाली शिक्षिका जगदेश्वरी पन्तले हिन्दु धर्ममा गुरुको स्थान सदैव अग्रस्थानमा रहेको बताउँदै गुरुहरुले अज्ञानको अध्याँरो बाटोबाट ज्ञानको उज्यालो बाटो तर्फ लैजाने भएकोले विद्यार्थीहरुको असल र सफल जीवन निर्माणका गुरुहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति भट्टले गुरु पूर्णिमा सम्बन्धि कविता बाचन गर्नुका साथै गुरुहरुले ज्ञानज्ञुनका कुराहरु सिकाएर सही र उचित मार्ग दर्शन देखाउने काम गरेकोले सबै गुरुहरुलाई धन्यवाद ज्ञापन दिइन ।
कक्षा १० की छात्रा जानकी धामी र करुणा पालले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

