

महेन्द्रनगर । कर्बड हलस्थित भलिबल प्रशिक्षण केन्द्रमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी राम जानकी टिमले हात पारेको छ ।
आइतबार समापन खेलमा आयोजक कञ्चनपुर जिल्ला भलिबल संघको टीमलाई ३–२ सेटले हराउँदै राम जानकीले उपाधि जितेको छ ।

उपाधिसंगै राम जानकीले १ लाख १ हजार १ सय ११ नगद पुरस्कार हात पारेको छ । उप विजेता आयोजकले ५१ हजार १ सय ११ पुरस्कार पाएको छ । यसैगरी तेस्रो शिखर बहुदउेश्यीय सहकारी संस्थाले २१ हजार १सय ११ नगद पुरस्कार जितेको छ ।
कञ्चनपुर जिल्ला भलिबल संघले भलिबल दिवसको अवसर पारी प्रतियोगिता गरेको हो । प्रतियोगितामा १२ टीम सहभागी भए ।
भलिबल संघका अध्यक्ष श्याम सिह मौनीको अध्यक्षता र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।
भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिता उद्घाटन गरेका थिए ।
