ghar sansar

गौरीगंगामा मेयरका स्वकीय ज्वाँईको दादागिरी, हाकिममाथि कुटपिट, प्रहरीमा किटानी जाहेरी

khasi

महेन्द्रनगर । कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशी विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ ।

dirghayi clinic

कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए। कुटपिटपछि उमेश फरार छन् । 

प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताए ।

गौरीगङ्गा नगरपालिकाका कर्मचारीले दोषीलाई कानुनी कारबाही र कर्मचारीलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन् ।

नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू स्थगन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...