

महेन्द्रनगर । सृजनशिल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारी बेदकोट नगरपालिका ८ स्थि बैजनाथ वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
सोमबार साँझ वृद्धाश्रममा पुगेर सहकारीले खाद्यान्न सामाग्री र फलफूल वितरण गरेको छ । सहकारी संस्थाका सञ्चालक सदस्य मनोज कुमार विष्ट, उप समिति संयोजक श्याम प्रसद भट्ट, सहकारी वरिष्ठ अधिकृत महादेव नाथ लगायत कर्मचारी कार्यक्रममा सहभागी भए ।


सहकारीका वरिष्ठ अधिकृत नाथले सहकारीलाई सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद सहित आभार व्यक्त गरे ।
सृजनशिल सहकारी कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशमै ठूलो सहकारी संस्था संस्थाको पहिचान बनाएको छ ।
झलारीमा प्रधान कार्यालय भएको सृजनशिल सहकारीले महेन्द्रनगर बजार सहित जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी कारोबार गर्दै आएको छ ।

