ghar sansar

यस्तो रह्यो कञ्चनपुर प्रहरीको प्रगति

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा वार्षिक समीक्षा कार्यक्रमा गत वर्षको प्रगति सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी उपरीक्षक(एसपी) खडक बहादुर खत्रीले वार्षिक प्रगति प्रस्तुत गरे । प्रहरी उपरीक्षक खत्री अढाई महिना अघि कञ्चनपुर प्रहरी प्रमुख भएक हुन् । त्यस अघि चक्रराज जोशी एसपी थिए ।

प्रहरी कार्यालयमा गत वर्ष ३ हजार ७ सय ४८ साधारण निवेदन परेकोमा ३ हजार २ सय ७७ फस्र्र्याैट भएका छन् । कार्यालयका अनुसार ४ सय ७१ निवेदन बाँकी छन् ।

ती निवेदनमा सबैभन्दा बढी गाली गलौजका ७ सय ६६ छन् । त्यसपछि सवारी दुर्घटनाका ५सय २० निवेदन प्रहरी कार्यालयमा परेका छन् । यसमा ४ सय ८० निवेदन फछ्र्यौट भएका छन् ।

प्रहरीले गत वर्ष विभिन्न मुद्दामा १ सय ९६ जनालाई सोधपुछ गरी छाडेको छ । गत वर्ष मापसे लगायतबाट ३ लाख ४६ हजार राजश्व संकलन गरिएको छ।

प्रहरी कार्यालयले भन्सार छलीका समान बरामदबाट ६ करोड ३७ लाख राजश्व संकलन गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्र्तगत प्रहरीले गत वर्ष ४ सय ८७ जनालाई पक्राउ गरेको छ ।

dirghayi clinic

लागु औषधका मुद्दा दर्ता घटेको छ । गत वर्ष १ सय ७७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष १ सय ८७ मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क छ ।

यसैगरी प्रहरीले लागु औषध मुद्दामा गत वर्ष २सय ६५ र अघिल्लो वर्ष २ सय ८७ जनालाई पक्राउ गरेको थियो । प्रहरीले गत वर्ष ७ सय १८ ग्राम खैरो हिरोइन बरामद गरेको छ । यसैगरी चरेश, गाजा, टयाब र एम्बुल पनि बरामद गरिएका छन् ।

गत वर्ष ९ सय ६४ मुद्दा दर्ता भएकोमा ६ सय २३ फछ्र्यौट भएका छन् । ३ सय ३४ मुद्दा फछ्र्याैट हुन बाँकी छन् ।

लागु औषधका सबैभन्दा बढी १ सय ७७ र झुण्डिएर आत्महत्या गर्नेमा सबैभन्दा बढी १ सय १५ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले अवैध रुपमा भित्रिएका कुखुरा, माछा, ब्रोइलर कुखुराको मासु बरामद गरेको प्रगतिमा समावेश गरेको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ९ सय ८२ कार्यक्रम गरिएका छन् । जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलमा ८ सय ८३ उजुरी परेकोमा ८ सय ३७ फछ्र्र्याैट भएका छन् ।

नदी पदार्थ उत्सखन, अवैध काठ चोरी निकासीमा पनि प्रहरीले बरामद तथा कारवाही गरेको छ । कार्यक्रममा प्रहरी नायब उपरीक्षक डिएसपी सागर बोहरा, लगायतका प्रहरी अधिकारी सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...