ghar sansar

सुप विश्वविद्यालको स्ववियु निर्वाचन उम्मेदवारी दर्ताकै दिन विद्यार्थी संगठनबीच झडप , नेवि संघ र क्रान्तिकारीका तीन नेता घाइते

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्यम्पस साउन १४ गते स्ववियू निर्वाचनको उम्मेदवारी दर्ताका दिन मंगलबार विद्यार्थी संगठनबीच झडप भएको छ ।

dirghayi clinic

केन्द्रीय क्याम्पस स्ववियू निर्वाचन समितिमा उम्मेदवारी दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीबीच विवाद भएर झडप हुन पुगेको छ ।

प्रहरीले विद्यार्थी झडपलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लाठी चार्ज गरी झडप नियन्त्रणमा लिएको छ । झडपमा नेविसंघका नरेश पण्डित, बिशाल बिष्ट र पंकज भट्ट क्रान्तिकारीका गणेश मिश्र घाइते भएका छन् ।

बोहराको कुटपिटबाट आफु घाइते भएको नेविसंघका पण्डितले बताए । घाइतेहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ । नेपाल विद्यार्थी संघले सोमबार केन्द्रिय क्याम्पसमा तालाबन्दी लगाएपछि विवाद बढेको हो ।

Himal dental
सम्बन्धित
Loading...