ghar sansar

बी.पी. स्मृति दिवसमा बैजनाथ वृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण

khasi

महेन्द्रनगर । काँग्रेसले ४३ औं बी.पी. स्मृति दिवसको अवसरमा बेदकोटमा बैजनाथ वृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

काँग्रेस निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापा प्रमुख अतिथि थिए ।

कार्यक्रममा वृद्धाश्रमलाई २२ जना वृद्धृद्धालाई खाद्यान्न सामग्री—चामल, दाल, तेल—हस्तान्तरण गरिएको छ ।

dirghayi clinic

मन्त्री थापाले हस्तान्तरणपछि भने, “यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो । सेवा गर्न पाउनु सौभाग्य हो।“ उनले वृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

सभापति खड्काले भने, “बी.पी. को समाजवादी सोच जनतासँगै बाँच्ने दर्शन हो। हाम्रो अभियान युवादेखि वृद्धसम्म, असहायदेखि निमुखासम्मको साथ लिएर अघि बढ्नेछ।“ उनले देशभर कांग्रेसले स्मृति दिवसलाई सामाजिक सेवासँग जोडेर मनाइरहेको जानकारी पनि दिए ।

कार्यक्रममा प्रदेश सचिव नवराज पन्त, कोषाध्यक्ष टिकेश्वरी पाण्डे ‘प्रेरणा’, बेदकोट नगर समितिका पदाधिकारीहरू र कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वृद्धाश्रमका संयोजक बहादुर विष्टले आश्रममा हाल १५ महिला र ७ पुरुष गरी २२ जना सेवा लिइरहेका बताए। “खानेपानीको अभाव, स्वास्थ्य सेवा नपुग… तर हिम्मत छ, मन छ — समाजको साथले अझ धेरै सेवाग्राही समेट्नेछौं,“ विष्टले भावुक हुँदै भने।

आश्रमको क्षमता ४० जनासम्म पु¥याउन सकिने जानकारी पनि उनले दिए। यसैगरी कांग्रेस बेदकोट नगर कार्यसमितिले वृद्धाश्रममा फलफूल वितरण कार्यक्रम गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...