

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित त्रिभुवन माध्यमकि विद्यालयका पूर्व विद्यार्थी सशस्त्र प्रहरी बल नेपालमा कार्यरत डिएसपि राम बहादुर पाली बोगटीले विद्यालयमा अक्षय कोष स्थापना गरेको छ । डिएसपी बोगटीले तिलाचौरमा माध्यमिक तहसम्म अध्ययन गरेका हुन् ।

हाल भीमदत्त नगरपालिका ६ ६ ऐठ्पुर निवासी बोगटीले गरिब,जेहेन्दार,मिहिनेति,उत्कृष्ट र खेलाडी छात्राहरुका लागि एक लाख २५ हजार १ सय २५ रुपैँयाको अक्षर कोष स्थापना गरेका छन् ।आमा बुवाको सम्मानमा उनले सो कोषको स्थापना गरेका हुन् ।
उनका बुवा बीर बहादुर पाली बोगटी अक्षरकोष भनी खडा गरेका छन । डिएसपी बोगटी साउन १ गतेकादिन भारतको बाराणशिबाट आयातित संगमरमरको मक्राना पत्थको महादेवको ६० किलोको मुर्ति भिमदत्त ८ को भम्केनी धाम तिलाचौरमा नव निर्मित श्री शिद्दनाथ बैजनाथको मन्दिरमा अर्पण गरेका छन् ।
