ghar sansar

बेलडाँडीमा यति बेथिति, आलेपमै आलटाल

बेरुजु बढेको बढ्यै, १२ करोड नाघ्यो

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले वर्ष दिन चुप बसेर आर्थिक वर्षको अन्तिममा मात्रै लेखा परीक्षण गरेको भेटिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले अन्तिममा मात्रै एक पटक आन्तरिक लेखा परीक्षण गरेको पाइएको छ ।

,orning glory badhai

गाउँपालिका आन्तरिक लेखा परीक्षण शाखा छ । महालेखाले गाउँ पालिकालाई कानुनमा तोकिए अनुसार आन्तरिक लेखा परीक्षण गर्न सुझाव दिएको छ ।

‘आर्थिक कारोबारको आन्तरिक लेखापरीण अन्तिममा एक पटकमा गरेको देखयो । तसर्थ कानुनमा तोकिए बमोजम आर्थिक कारोबारको त्रैमासक रुपमा आन्तरिक लेखापरीण गराई आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिन जरुरी छ’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

dirghayi clinic

स्थानीय सरकार सरकार ऐन २०७४ को दफा ७७ मा स्थानीय तहले कानुन बमोजम आफ्नो आर्थिक कारोबारको आन्तरिक लेखापरीण गराउनु पर्ने व्यवस्था छ ।

यसैगरी आर्थिक कायिवधि तथाा वित्तिय उत्तर दायिव ऐन २०७६ को दफा ३३ मा प्रत्येक कायालयले त्रेैमासिक रुपमा आन्त्तरिक लेखापरीण गर्नु पर्ने व्यवस्था छ ।

गाउँपालिकले आन्तरिक लेखा परीक्षण नगरी स्थानीय सरकार सञ्चालन ऐन मिचेको छ । गत वर्ष अशुल गर्न पर्ने बेरुजु आएको छैन । यस बाहेक अनियमित भुक्तानीका सबैभन्दा बढी एक करोड ७६ लाख बेरुजु आएको छ ।

गाउँपालिकामा ६६ लाख १७ हजार भुक्तानी कागजात विना गरिएको छ । यसैगरी २९ लाख पेश्की बेरुजु आएको छ । गत वर्ष २ करोड ७२ लाख बेरुजु आएको छ । योसंगै बेलडाँडीले फस्र्यौट गर्न पर्ने बेरुजु १२ करोड ४ लाख  पुगेको छ । 

बेलडाँडी गाउँपालिकामा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना गाउँपालिका अध्यक्ष छन् । शिक्षण पेशा छाडेर आएका राना २०७९ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष निर्वाचित भएपछि रानाले आर्थिक मितव्ययिता र आर्थिक कारोबार पारदर्शी बनाउने प्रतिवद्धता गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...