ghar sansar

बेलडाँडी गाउँपालिकाले उपलब्धि विहिन कार्यक्रममा बाँड्छ हचुवा तालमा बजेट

khasi

महेन्द्रनगर । महालेखा परीक्षकको कार्यालयले बेलडाँडी गाउँपालिकाको वितरणमुखी बजेट खर्चमा प्रश्न चिन्ह उठाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को महालेखाले गरेको लेखा परीक्षण प्रतिवेदनमा कार्यविधि विना खर्च गरी पालिकाले खर्च गरेको औल्याएको हो ।

गाउँपालिकाले कार्यविधि विना साँस्कृतिक साँस्कृतिक संरक्षण र खेलकूद कार्यक्रमका लागि लाखौ रुपैँया गरेको छ । महालेखाले ती कार्यक्रम पालिकालाई प्रतिफल दिन किसिमको नभएको उल्लेख गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा पालिकाले अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्न पर्ने अवस्था छ । पालिकाले यो प्रावधान विपरित वितरणमुखी बजेट खर्च गरेको प्रतिेदनमा समावेश गरिएको छ ।

dirghayi clinic

महालेखाको प्रतिवेदन अनुसार तीज, साँस्कृतिक जगेर्ना कार्यक्रम, रामलिला कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, भलमन्सा क्षमता विकास कार्यक्रम, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, क्लबलाई प्रिन्टेट पोशाक, बृत्त चित्र निर्माण लगायतका शीर्षकमा खर्च गरिएको छ ।

यसमा सबैभन्दा बढी साँस्कृतिक जगेर्ना कार्यक्रममा ५ लाख खर्च गरिएको छ । त्यसपछि भलमन्सा क्षमता विकास कार्यक्रममा चार लाख खर्च गरिएको छ । गाउँपालिकाले वृत्त चित्र निर्माणमा दुई लाख खर्च गरेको छ । न्यू खप्तड युवा क्लबलाई ५० हजार, जिल्ला स्तरीय त्रिकेटलाई ६४ हजार ४ सय र रामलिलामा २ लाख ३० हजार खर्च गरिएको छ ।

महालेखाले पालिकालाई वितरणमुखी खर्च नियन्त्रण गर्न सुझाव दिएको छ । ‘स्थानीय सरकार सालन ऐन २०७४ को दफा २४ मा थानीय तहले उपयोगिता सृजना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नु पर्ने व्यवस्था छ । पालिकाले यो वर्ष सांकृितक संरक्षण र खेलकुद विकासका नाममा निम्नानुसार खर्च गरेको देखियो । कार्यविधि वेगर वितरणमुखी कार्यमा खर्च गर्दा सोबाट पालिकालाई प्रतिफल हुने देखिदैन’ महालेखाले प्रतिवेदनमा भनेको छ, ‘वास्तविकता र आवश्यकतामा आधारित गरी पारदर्शी तवरले गर्नु पर्दछ । वितरणमुखी खर्चलाई नियन्त्रण गर्नु पर्दछ ।’

बेलडाँडी गाउँपालिकाका काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना अध्यक्ष छन् । गाउँपालिकाको प्रशासनिक नेतृत्व बीर बहादुर ऐरले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत ऐर आर्थिक वर्ष २०८०÷०८१ देखि प्रमुख प्रशासकीय अधिकृत भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...